पढ्न करिब 2 मिनेट लाग्छ

नन्द बहादुर रोकाया, भदौ ३, मुगु । वर्षा यामसंगै भईरहेको अविरल वर्र्षाका कारण आएको बाढि पहिरोले जिल्लाभर आवत जावतमा समस्या भएको छ ।वर्षाका कारण जिल्ला भरबाट सदरमुकाम जोड्ने मुख्य बाटोहरु मा पहिरो जाँदा सदरमुकाम तथा स्थानीय क्षेत्रमा आवतजावत गर्न समस्या सि८र्जना भएको छ । खत्याड गाउँ पालिकाको पैंखु पानी देखि निगाली बोट सम्म दर्जनौं स्थानमा पहिरो जाँदा मान्छेलाई समेत आवत जावतमा समस्या भएको छ ।

वर्षाका कारण नाग्म गमगढी सडक अबरुद्ध भएको छ भने जुम्ला गोठि ज्युउला देखि मुगुको गम्था सम्मको सडक यातायात समेत हप्तौ देखि अबरुद्ध भएको छ ।त्यस्तै मुगु सदरमुकाम गमगढी देखि धैन धुलाचौर सडक खण्ड अन्र्तगत रारा कच्च ेसम्मको १७ किलोमिटर सडकमा समेत ठाउँ ठाउँमा पहिरो खस्दा मान्छेलाई आवत जावतमा समस्या उत्पन्न भएको छ पहिरोका कारण सदरमुकाम गमगढी र उत्तरी सोरु गाउँ पालिका साविकका सात गाविस बिच आवत जावतमा कठिनाई भएको साविकको फोतु गाविस लिब्रु गाउँका अंगबहादुर शाहीले बताउनुभयो ।त्यस्तै गमगढी नाक्चे लाग्ना सडक खण्डको छाईल गाउँसम्म खनिएको १६ किलोमिटर सडक समेत वर्षाका कारण ठाउँ ठाउँमा भत्किए पछि आवत जावतमा निकै समस्या भएको छ ।

यो वेला तिब्बतसंगको नाका खुल्ला भएको र मुगुका स्थानीयवासी र तिब्बती विच व्यापारिक कारोवार हुने तथा व्यापारिक सामान आयात निर्यातका लागि घोडा, खच्चड, चौरि लैजाने भए पनि वर्षाका कारण बाटो भत्किदा मान्छेलाई समेत हिडडुल गर्न समस्या भई रहेको मुगुम कार्मारोङ्ग गाउँपालिका पुलुका स्थानीयवासी गुरुछोर्देन लामाले बताउनुभयो ।सदरमुकाम गमगढी नाग्म सडक खण्ड अन्र्तगत गमगढी झ्यारीसम्मको सडक बन्द छ भने वर्षाकै कारण गमगढी पिनासम्मको सडकमा ठाउँ ठाउँमा पहिरो जाँदा आवत जावतमा समस्या भएको छ । ताल्च विमान स्थलको नहरबाट आएको वर्षाको पानीले छायानाथ रारा नगरपालिका वडा नम्बर ४ र ५ का करिब पाँच सय घर धुरी रहेका वस्ती जोखिममा परेका छन भने हजारौ वर्ग मिटर खेती योग्य जमिन बगाएको छ । यता गमगढी नाग्म सडक खण्ड अन्र्तगत सदरमुकाम गमगढी स्थित नेपाली सेनाको सदरमुकाम सुरक्षा वेश क्याम्प देखिको सडकको ढल जिल्ला अस्पताल माथी तुडुखोलामा मिसाईदा जिल्ला अस्पताल र आसपासका वस्ती तथा खेति योग्य जमिन, छायानाथ रारा नगरपालिका वडा नम्र ३ ईमा गाउ र खेति योग्य जमिन बाढी पहिरोको उच्च जोखिममा परेका छन ।