२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका एक विद्यालयमा शिक्षक चार : विधार्थी तीन

३ भाद्र २०७५, आईतवार १०:२९

भदौ ३, डडेल्धुरा । कक्षाभदौ ३, डडेल्धुरा । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । 

गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउनुहुन्छ । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले अपाङ्गता भएका बालबालिका सदरमुकामको बालमन्दिरमा राखिएको विद्यालय निरीक्षक नारायण भट्टले बताउनुभयो । 

जिल्लाका धेरैजसो ग्रमीण क्षेत्रका प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । विभिन्न कारण र बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको विद्यालय निरीक्षक भट्टको भनाइ छ । 

पूर्णागिरिमा मात्रै होइन सदरमुकाम नजिकैको असिग्राम प्राथमिक विद्यालयको अवस्था पनि त्यस्तै छ । कक्षा ५ सम्म सञ्चालनमा भइरहेको सो विद्यालयमा १४ विद्यार्थी भर्ना भएका छन् । शिक्षक ६ जना छन् । प्रत्येक कक्षामा दुई/तीनजना विद्यार्थी मात्रै विद्यालयमा पढ्न आउने गरेको शिक्षक बताउँछन् । 

यी विद्यालय प्रतिनिधि मात्रै हुन् । डडेल्धुरामा यस्ता विद्यालय छन् जहाँ वषौंदेखि विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् । अभिभावकले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण र बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने प्रवृत्तिले थोरै बालबालिका भर्ना भएका असिग्राम प्राथमिक विद्यालयका प्रधानाध्यापक, शुरतबहादुर रावल बताउनुहुन्छ । शिक्षा निमायवली २०५९ अनुसार पहाडी जिल्लामा एक शिक्षकका लागि ४५ विद्यार्थी हुनुपर्ने प्रावधान छ । 

विद्यार्थी नभएका यस्ता विद्यालयको नाममा वर्षेनी शिक्षकको तलबभत्तामा ठूलो धनराशि खर्च भइरहेको छ । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन गरी शिक्षक र विद्यार्थीको अनुपात कायम गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । सामुदायिक विद्यालयमा पढाइको गुणस्तर नभएको भन्दै दुर्गम गाउँका मानिस बालबालिकालाई सदरमुकामका निजी विद्यालयमा पढाइरहेका छन् । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का