२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका एक विद्यालयमा शिक्षक चार : विधार्थी तीन

२०७५, ३ भाद्र आईतवार १०:२९

भदौ ३, डडेल्धुरा । कक्षाभदौ ३, डडेल्धुरा । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । 

गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउनुहुन्छ । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले अपाङ्गता भएका बालबालिका सदरमुकामको बालमन्दिरमा राखिएको विद्यालय निरीक्षक नारायण भट्टले बताउनुभयो । 

जिल्लाका धेरैजसो ग्रमीण क्षेत्रका प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । विभिन्न कारण र बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको विद्यालय निरीक्षक भट्टको भनाइ छ । 

पूर्णागिरिमा मात्रै होइन सदरमुकाम नजिकैको असिग्राम प्राथमिक विद्यालयको अवस्था पनि त्यस्तै छ । कक्षा ५ सम्म सञ्चालनमा भइरहेको सो विद्यालयमा १४ विद्यार्थी भर्ना भएका छन् । शिक्षक ६ जना छन् । प्रत्येक कक्षामा दुई/तीनजना विद्यार्थी मात्रै विद्यालयमा पढ्न आउने गरेको शिक्षक बताउँछन् । 

यी विद्यालय प्रतिनिधि मात्रै हुन् । डडेल्धुरामा यस्ता विद्यालय छन् जहाँ वषौंदेखि विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् । अभिभावकले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण र बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने प्रवृत्तिले थोरै बालबालिका भर्ना भएका असिग्राम प्राथमिक विद्यालयका प्रधानाध्यापक, शुरतबहादुर रावल बताउनुहुन्छ । शिक्षा निमायवली २०५९ अनुसार पहाडी जिल्लामा एक शिक्षकका लागि ४५ विद्यार्थी हुनुपर्ने प्रावधान छ । 

विद्यार्थी नभएका यस्ता विद्यालयको नाममा वर्षेनी शिक्षकको तलबभत्तामा ठूलो धनराशि खर्च भइरहेको छ । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन गरी शिक्षक र विद्यार्थीको अनुपात कायम गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । सामुदायिक विद्यालयमा पढाइको गुणस्तर नभएको भन्दै दुर्गम गाउँका मानिस बालबालिकालाई सदरमुकामका निजी विद्यालयमा पढाइरहेका छन् । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ