२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

शुनशान सुचना दिवसः धन्न एउटा संस्थाले गर्यो

२०७५, ३ भाद्र आईतवार १५:२५

प्रेम सुनार, भदौ–३, गुल्मी । आज १२ औ सुचना दिवस गुल्मीमा शुनशान जस्तै देखिएका बेला साँझ पख धन्न एउटा संस्थाले आयोजना ग¥यो र संचारकर्मीको जमघट भएको थियो ।  न जिल्ला  समन्व्य समितिले मनायो , न प्रशासन त न स्थानिय सरकारले मनाउने चेष्टा गरे ।


 यहाँ सम्म कि नेपाल पत्रकार महासंघ जस्तो संस्थाले सुचना दिवसको महत्व बुझ्यो । महासंघ अध्यक्ष नवराज भुसाल संग जिज्ञाषा राख्दा पहिला पहिला खासै नमानाएको पाईए पछि नमनाईएको बताए ।  

   सदरमुकाम स्थित एकिकृत ग्रामिण बिकास समाज गुल्मीले भने सुचना दिवसको महत्व बुझेर यहाँ स्थित सञ्चारकर्मीहरुलाई निम्ताएर भव्य रुपमा मनाएको छ । यस अवसरमा उसले सुचना दिवसको महत्व बारे प्रकाश पार्दै सुचनाको हिजोको युग र आजको विकास बारे सो संस्थाले सञ्चारकर्मीहरुलाई सु–सुचित  पारेको थियो ।

  उसले सुचना दिवसको अवसर पारेर संस्थाले हाल सम्म गरेका कार्य प्रगति, हरेक कार्यको आर्थिक विवरण सार्वाजानि गरेर आम सर्वसाधरणलाई समेत सु–सुचित पारेको थियो । कार्यक्रममा बोल्दै त्यस संस्थाकी परियोजना संयोजक हिरा कुँवरले भनिन–‘हामी सामाजिक संस्थाले अरु संग सुचना माग्छौं, पारदर्शीताको कुरा उठाउँछौ भने हामी हाम्रो संस्थाको सुचना पनि दिनु पर्छ र पारदर्शीताबारे जनतालाई छर्लङ्ग पार्नु पर्छ भनेर आज सुचना दिवसको अवसरमा यस्तो कार्यक्रम राखिएको हो । ’

    संस्थाका कार्य समिति सदस्य ओम कार्कीले हरेक क्षेत्रले जनतालाई आफ्नो काम कार्बाहीको सुचना छर्लङ्ग ढंगले बाहिर ल्याउनु पर्नेमा जोड दिए । कार्यकारी निदेशक कृष्ण बिश्वकर्माले त्यस संस्थाको २४ वर्ष अघि देखिको ईतिहाँसबारे प्रकाश पार्दै हाल सम्म कार्य विवरण पत्रकारहरुलाई पेश गरेका थिए ।

  उपाध्यक्ष भगवती श्रीसका अनुसा पछिल्लो चरण त्यस संस्था गत सात वर्ष देखि बढि क्रियाशिल छ । अध्यक्ष हिरा एसीले विभिन्न संघ संस्था मार्फत स्थानिय उत्पादनबाटै जनताको जिवन स्तर उकास्ने , पारदशीता सुशासन, जवाफदेहीता र पैरवी गर्ने, स्थानिय तहको कानुन निर्माण गर्ने लगायका सामाजिक कार्य गर्दै आएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस