२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साँफेबगर नगरपालिकाद्धारा ५ बर्षे आवधिक योजना तयार

२०७५, ३ भाद्र आईतवार १५:३९

कमल रावल, भदौ ३, अछाम । नगरको ५ बर्षे आवधिक योजना निर्माण निर्माण गर्दै ३ दिने योजना तर्जुमा कार्यशाला गोष्ठि साँफेबर नगरपालिकामा सम्पन्न भएको छ । सबै सरोकारवालाको प्रतिनिधीत सहीत “सुन्दर, समृद्ध साँफेबगर बनाऔँ राष्टकै नमुना नगर” नारा तय गर्दै समग्र सबै क्षेत्र समेट्ीने गरि आवधिक योजना तयार पारिएको हो । कार्यक्रमको समापन गर्दै नगरप्रमुख कुल बहादुर कुवरले साँफेबगरको नाम उच्च राख्ने कार्य अघि बढ्काले यसलाई फलाउन फुलाउन सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।५ बर्ष भि राष्ट्रकै नमुना नगर बनाउन एक्लै जनप्रतीनीधी, कर्मचारीले केही गर्न नसक्ने भएकाले सबैको साथको आवश्यकता रहेको बताउनु भयो । सबैसँग सहकार्य, समन्वयलाई बलियो बनाउदै अघि बढ्ने प्रतिबद्धता समेत जनाउनु भयो । नगरको सामाजिक बिकास, पुर्वाधार बिकास, वन विपद तथा वातावरण, सुशासन तथा संस्थागत बिकास गरि ५ क्षेत्रको विश्लेषण सहीत हालको अबस्था, समस्या, अब गर्न सकीने पहल सहीतको कार्य योजना निर्माण गरि रणनैतीक योजना तयार पारिएको हो ।

समापन कार्यक्रममा नेकपाका नेता शिव बहादुर कुवर शिलोज, नेपाली काग्रेसका महासमिती सदस्य राजन कुवर, नगरउपप्रमुख बिर्मला बुड्थापा, सामुदायिक बिकास कार्यक्रम, विश्व खाद्य कार्यक्रमका टिम लिडर प्रेम दवाडि, नेकपाका नेता टँक रावल, नेपाली काग्रेसका महासमिती सदस्य टक्कर ताम्राकार, नगर बिकास अध्यक्ष मोहन कुवर, अल्पसख्यको तर्फबाट केशर मिया, महिला अधिकारकर्मि राधिका भुजेल, उद्योग वाणिज्य सँघ अछामका कार्यबाहक अध्यक्ष महेन्द्र कडायत, पत्रकार महासँघ प्रदेश सदस्य पुष्पराज भट्ट, सुर्यचन्द्र माध्यामिक विद्यालय कालिमाटीका प्राचार्य देबेन्द्र बहादुर शाह, गैसस महासघ अछामका अध्यक्ष खड्क खड्का, खप्तड पर्यटन क्षेत्र विकासका पुर्व कार्यकारी निर्देश यमराज कुवर, महिला नेतृ रुपा आउजी, त्रिभुवन विश्वविद्यालय अनुसन्धानकर्ता रुद्र अर्याल, नगर स्तरिय युवा संञ्जालका अध्यक्ष भुपेन्द्र भण्डारीले प्रतिबद्धता सहीत मन्तव्य राख्दै ५ बर्ष भित्र “ सुन्दर, समृद्ध साँफेबगर, बनाऔँ राष्ट्रकै नमुना नगर” नारालाई साकार पार्न सहयो गर्ने प्रतिबद्धता जनाएका थिए । 



गोष्ठिको सहजिकरण सामुदायिक बिकास कार्यक्रम, विश्व खाद्य कार्यक्रमका टिम लिडर प्रेम दवाडि, सामाजिक बिकास प्रमुख विजयराज पन्त, आर्थिक बिकास प्रमुख दिपेन्द्र श्याम घिमिरे, वातावरण तथा विपद प्रमुख बसन्तराज भट्राई र सुशासन तथा संस्थागत बिकास प्रमुख गोबिन्द अधिकारी, सिडीपी कार्यक्रम अछामका प्रमुख महेन्द्र चन्दले गर्नु भएको थियो । समापन कार्यक्रमको संञ्चालन नगरपालीकाका कर्मचारी नृप विकले गर्नु भएको थियो । सोही अवसरमा नगरप्रमुख कुवरले प्राविधिक सहयोग जुटउने टोलिलाई प्रशसांपत्र सहीत सम्मान गर्दै बिदाई गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो