२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बीमा गराउने भन्दा माग दाबी बढी

२०७५, ४ भाद्र सोमबार ०६:५२

भदौ ४, चितवन | सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो । 

स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत उपचार गराएर माग दाबी गर्नेको सङ्ख्या एक लाख ८९ हजार ९९४ पुगेको छ । जिल्लामा बीमा गराउनेमध्ये सबैको माग दाबी छैन । अस्पतालबाट माग दाबी भई आएको तथ्याङ्क हेर्ने हो भने जिल्ला बाहिरबाट चितवनमा उपचार गराउन आउनेको सङ्ख्या बढी देखिएको छ । 

नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट चितवनका अस्पतालमा उपचार गराउन आउने गरेका छन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी बीमा माग दाबी गर्ने चितवन मेडिकल कलेज रहेको छ । पूर्वी चितवनमा रहेको गुञ्जमान अस्पतालमा बीमा गर्ने बिरामी खासै नजाने देखिएको छ । सो अस्पतालले अहिलेसम्म एक जनाको पनि बीमा माग दाबी गरेको छैन । 

मेडिकल कलेजले अहिलेसम्म एक लाख एक हजार ८० को बीमा माग दाबीको निवेदन पठाएको छ । सबैभन्दा कम मनकामना अस्पतालले ४४३ को बीमा माग दाबी गरेको छ । भरतपुर अस्पतालले ३७ हजार ६६५, रत्ननगर बकुलहर अस्पताल रत्ननगरले १४ हजार १०५, भरतपुर आँखा अस्पतालले १२ हजार ६७ को माग दाबी गरेका छन् । 

कलेज अफ मेडिकल साइन्सेज भरतपुरले १० हजार ५१८, खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीले ६ हजार ५९३, बघौडा अस्पताल माडीले दुई हजार १९, जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र जुटपानीले तीन हजार ७१, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले एक हजार ४८७ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ९४३ जनाको बीमा माग दाबी गरेको कार्यालयले जनाएको छ । 

दुई मेडिकल कलेजसहित दुई दर्जन निजी अस्पताल, सरकारी स्तरको भरतपुर अस्पताल, क्यान्सर अस्पताललगायतका स्वास्थ्य संस्था रहेकाले बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउनेको संख्या धेरै रहने गर्दछ जसले गर्दा चितवनमा बीमा बापतको रकम माग दाबी गर्नेको सङ्ख्या बढी देखिएको भट्टराईले बताउनुभयो । जिल्लामा गत वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण