भदौ ४, सल्यान। दाङको तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सोमबार विश्वव्यापि परिवर्तन अनुसन्धान संस्थानका प्रतिनिधी, पत्रकार सहित कपुरकोटमा कृषि तथा वातावरण बारे अध्यन गरेका छन् । दुई स्थानीय सरकारका प्रमुखहरुले खासगरि कपुरकोटको तरकारि, अदुवा, कृषि उपज संकलन केन्द्र, सहकारि संस्थाको अवलोकन र विविध जानकारीहरु लिएका हुन् ।

कपुरकोटमा रहेका विविध सम्भावनाहरुलाइ कसरि सफलतामा परिवर्तन गर्न सकिन्छ भन्ने बारेमा विश्वव्यापि परिवर्तन अनुसन्धान संस्थानका पाभेल काड्लिन सहित पाण्डे र सेनले महत्वपूर्ण छलफल गरेको कपुरकोट गाउँपालिका अध्यक्षको सचिवालयले जानकारि दिएको छ । तरकारि तथा फलफुल खेतीका लागी प्रख्यात कपुरकोटमा सहकारिको माध्यमबाट विभिन्न क्रियाकलापहरु सञ्चालन गरेर किसानको आयस्तर निकै माथी उठाउन सकिने भन्दै तुलसिपुर नगरपालिकाका मेयर पाण्डेले कपुरकोट गाउापालिका संग निरन्तर सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष सेनले तरकारि, अदुवा खेतीलाइ व्यवशायीक बनाउन, गुणस्तरिय उत्पादनलाइ बढावा दिन स्थानीय सरकारले कस्तो खालको भुमिका निभाउन सक्छ भन्ने बारेमा छलफल भएको जानकारि दिए । टोलिले अदुवावालि अनुसन्धान कार्यक्रम कपुरकोटमा पुगेर अदुवा खेती प्रविधि, यसको बजार, प्रशोधन र अव यस क्षेत्रमा ल्याउनुपर्ने योजना तथा कार्यक्रमका बारेमा पनि जानकारि लिएको छ । अदुवा बालि अनुसन्धानका प्रमोद वाग्लेले अनुसन्धान कार्यक्रमले हाल सम्म हाँसिल गरेका सफलता, पत्ता लगाएका प्रविधिका बारेमा अवगत गराएका थिए ।

August 20, 2018
समाज, सल्यान - SLN
तुलसिपुरका मेयर पाण्डे र कपुरकोटका अध्यक्ष सेनविच छलफल
By kit
4 मिनेट पढाइ