2026-08-25 03:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा स्वास्थ्य बीमा प्रभावकारी बन्दै

भदौ ५, भद्रपुर | झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । 

सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ पुगिसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी लक्ष्मी कँडेलले जानकारी दिनुुहुन्छ । 

उहाँका अनुसार बीमा गराएकामध्ये ५० हजार ५४९ जनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइसकेका छन् । दमकस्थित आम्दा अस्पतालले सबैभन्दा बढी १७ हजार ६०० जनालाई गत एक वर्षको अवधिमा बीमामार्फत उपचार सेवा प्रदान गरेको जनाएको छ । 

जिल्लाको १५ वटै स्थानीय तहमा स्वास्थ्य बीमा लागू गरिएको छ । बीमा गराएकाले भद्रपुरस्थित मेची अञ्चल अस्पताल, विर्तामोडस्थित मेची आँखा अस्पताल र जिल्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिन सकिने व्यवस्था छ । \यस अवधिमा बीमा गराएकामध्ये सबैभन्दा कम १७७ जनाले गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी स्वास्थ्य केन्द्रबाट उपचार गराएका छन् । दर्ता अधिकारी कँडेलका अनुसार भद्रपुरस्थित मेची अञ्चल अस्पतालबाट ११ हजार ४७१ बिरामीले बीमामार्फत उपचार गराएका छन् । 

विर्तामोडको मेची आँखा अस्पतालबाट तीन हजार ६७५ बीमितले आँखासम्बन्धी रोगको उपचार गराएका छन् । पाँच जनासम्मको परिवारमा वार्षिक रु दुई हजार ५०० बीमा रकम बुझाएपछि एक बीमितले आफूले गरेको बीमाबाट वार्षिकरुपमा रु ५० हजारसम्मको उपचार सेवा लिन पाउने व्यवस्था भएकाले स्वास्थ्य बीमा कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढेको दर्ता अधिकारी कँडेल बताउनुहुन्छ ।स्वास्थ्य बीमा गरेबापत गर्भपतन, प्लाष्टिक सर्जरी, अङ्ग प्रत्यारोपणबाहेकका धेरै किसिमको उपचार सेवा पाउने व्यवस्था रहेको उहाँको भनाइ छ । 

बीमितलाई धुलाबारी, शनिश्चरे, बनियानी, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछीलगायतका स्वास्थ्य सेवा केन्द्र र अस्पतालमा दमक अस्पताल, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल विर्तामोडबाट उपचार सोवा प्रदान गरिने व्यवस्था गरिएको छ । 

जिल्लामा स्वास्थ्य बीमा बोर्डले १५ वटै स्थानीय तहमा घरघरै पुगेर बीमा गराउनका लागि १९५ दर्ता सहयोगीलाई परिचालन गरेकाले २०७४ असोजदेखि २०७५ साउन मसान्तसम्मको ११ महीना अवधिमा एक लाख २२ हजार ३०५ ले स्वास्थ्य बीमा गराएका र तीमध्ये ५७ हजार ३०३ पुरुष र ६४ हजार ९९८ महिला छन् । 

बीमा गर्नेमा पनि सबैभन्दा बढी दमक नगरपालिकाका रहेका छन् । सो नगरपालिकाबाट २५ हजार ३६२ ले स्वास्थ्य बीमा गरेका छन् भने सबैभन्दा कम झापा गाउँपालिकाबाट एक हजार ९४९ ले मात्र बीमा गराएका छन् । बीमा गरेबापत सोही अवधिमा रु छ करोडभन्दा बढी बीमा रकम सङ्कलन भएको दर्ता अधिकारी कँडेल बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग