२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बाल बिवाह विरुद्धको सय दिने अभियानमा गुल्मीका रेडियोकर्मी पोखरेल प्रथम

२०७५, ६ भाद्र बुधबार ०६:३४

प्रेम सुनार । भदौ ६, बुटवल। नेपालभर संचालन भएको बाल विवाह विरुद्धको सय दिने सामुदायिक रेडियो अभियानका क्रममा सक्रिय सामुदायिक रेडियो मध्ये १० वटा रेडियो पुरस्कृत भएका छन् ।

बाल बिवाह विरुद्धको आवाज संकलन गरेर पठाएको सङ्ख्याका आधारमा सामुदायिक रेडियो स्काईकर्मी हुमकान्त पोखरेल देशभर मै प्रथम भएका हुन ।  जसमा  गुल्मीको सामुदायिक रेडियो स्काईका हुमाकान्त पोखरेललाई  सामुयायिक रेडियोहरुको छाता संगठन अकोरावले ११ हजार राशिको प्रथम पुरस्कारले पुरस्कृत गरेको सामुदायिक सुचना नेटवर्कका समाचार प्रमुख गोविन्द खड्काले जानकारी दिए ।

पोखरेलले गुल्मी जिल्लाबाट कुल एक हजार ६७ वटा बाल बिवाह विरुद्धका आवाज सीआइएन् लाई पठाएका थिए । भने रेडियो स्काईले पनि बाल बिवाह विरुद्धका आवाज बिहान ८ बजे र साँझ ७ बजेको स्काई खबरमा प्रशारण गरेको रेडियोले जनाएको छ ।

जिल्ला समन्वय समिति, रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मदाने, गुल्मीदरबार, छत्रकोट र इश्मा गाउँपालिका लगायतका स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीको बाल बिवाह न्यूनिकरणको प्रतिवद्धता सीआइएन् र सामुदायिक रेडियो स्काईबाट प्रशारण भएको थियो । 

पोखरेल विगत दुई बर्षदेखि गुल्मीको सदरमुकामस्थित सामुदायिक रेडियो स्काईमा समाचारको क्षेत्रमा कार्यरत छन् । त्यसका साथै उनी ए.बि.सी. टेलिभिजनका पनि गुल्मी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस