२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानका महिला स्वस्थ्य स्वयमसेविकाले पाए सिम सहतिको मोवाइल

१६ भाद्र २०७२, बुधबार ०६:५६

भाद्र १६, सल्यान । सल्यानका महिला स्वस्थ्य स्वयमसेविकाहरुले सिम सहितको मोवाइल फोन पाएका छन ।

तेर दे जोम्स फाउन्डेशन नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानद्धारा संचालित माला चार एकिकृत बाल संरक्षण कार्यक्रम अन्तर्गत कजेरी, छायाँक्षेत्र र लेखपोखराका २७ जना महिला स्वास्थ्य स्वयमसेविकाले सिम सहितको मोवाइल पाएका हुन ।

आज एक कार्यक्रमको आयोजना गरी मोवाइल वितरण गरिएको नेपाल रेडक्रस सल्यानले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठको सभापतित्व तथा जिल्ला स्वास्थ्य प्रमुख डा. मनिषा रावलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वोल्दै शाखाका मन्त्री इन्द्र कुमार शर्माले सुरक्षित मातृत्व, पोषण, खानेपानी सरसफाई स्वच्छता र वाल संरक्षणको क्षेत्रमा उनीहरुले पु–याएको योगदानको उच्च सम्मान गर्दै प्रोत्साहन स्वरुप मोवाइल फोन हस्तान्तरण गरिएको वताएका छन ।

कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. रावलले सल्यान जिल्लामा नयाँ कार्यको थालनी गरेकोमा र स्वास्थ्य स्वयं सेविकाको योगदानको कदर गरेकोमा रेडक्रस सल्यानलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन । साथै कार्यक्रममा उनले जिल्ला अस्पताल सल्यानबाट उपलव्ध हुने सेवाहरुको वारेमा पनि जानकारी दिएका छन ।

कार्यक्रममा मोवाइल प्राप्त गरे पश्चात स्वयं सेविकाहरुले खुसी व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य, सरसफाई र वाल संरक्षण सम्वन्धी गतिविधिहरु संचालन गर्न अझै सहज हुने वताएका छन् ।

कार्यक्रमको संचालक माला चार एकिकृत बाल संरक्षण कार्यक्रमका कार्यक्रम अधिकृत शैलेश श्रेष्ठले गरेका थिए । भोलि एक कार्यक्रमका वीच देवस्थल, मूलखोला र बामे गाविसका स्वयं सेविकाहरुलाई पनि सिम सहितको मोवाइल हस्तान्तरण गरिने रेडक्रस सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव