२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा कांग्रेसको चियापान :विकास प्रति दुई सभाषद्को एक मत

१० आश्विन २०७२, आईतवार ०१:४०

पूर्णप्रसाद न्यौपाने, असोज १०, ओखलढुंगा

संविधान निर्माणको खुसीयालीमा नेपाली कांग्रेस ओखलढुंगाले सदरमुकाममा शुभकामना तथा
बधाई आदान प्रदान र चियापान कार्यक्रम गरेको छ । जिल्लाका दुवै प्रत्यक्ष निर्वाचीत सभाषद्हरु रामहरी
खतीवडा र यज्ञराज सुनुवारको विषेश उपस्थितीमा कांग्रेस ओखलढुंगाले शनिवार चियापान कार्यक्रम गरेको हो ।
संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ पारित गरी संविधान जारी भएको सुखद अवसरमा आयोजना
गरिएको कार्यक्रममा उपस्थित भएका हरुले खुसी साटासाट गर्दै आगामी दिनमा पनि ईमान्दार भएर काम गर्न
सभाषद्हरुलाई आग्रह गरेका छन् ।

o1
सम्पन्न कार्यक्रममा जिल्ला स्थित सबै सरकारी तथा गैरसरकारी
कार्यालय संघ संस्थाका प्रमुख तथा प्रतिनिधी विभिन्न राजनैतीक दलका नेता कार्यकर्ता,पत्रकार
सञ्चारकर्मी, महिला,युवा लगाएतको उल्लेख्य सहभागिता रहेको कांग्रेस नेता रुद्र अधिकारीले जानकारी
दिनुभयो । संविधान निर्माणको खुसीयालीमा शुक्रबार एमाले सभाषद्हरुले र शनिवार कांग्रेस पार्टी र
सभाषद्ले चियापान कार्यक्रम आयोजना गरेका हुन् । संविधान निर्माण र विकास निर्माणमा सहकार्य गरेको
देखिएपनि स साना कुरामा जिल्लाका सभाषद्हरु मिल्न नसकेको सरोकारवालाहरुले आशंका गरेपछि सभाषद्हरुले समय
र बाध्यताका कारण त्यस्तो हुन गएको जवाफ दिएका छन् ।

o2

 

कार्यक्रममा बोल्दै सभाषद् रामहरी खतीवडाले
ओखलढुंगेली जनताको साथ र खबरदारी सँगैको चाहाना अनुसार नेपाल र नेपालीका लागि बनाईएको संविधानका विषयमा
अनेक टिप्पणी नगर्न मित्र राष्ट्रहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा अर्का सभाषद् यज्ञराज सुनुवारले
मूख्य तिन दलको एकता र सबै सभाषद्हरुको सकृयताबाट बनेको संविधानले सबै पक्षको भावना समेटेको दावी
गर्नुभयो ।
निकै हर्षीत र उत्साहजनक रुपमा देखापरेका सभाषद्हरुले संविधान निर्माण र अहिले सम्म
आईपुग्दा ओखलढुंगेली जनताको शिर निहुरीने कुनै काम नगरेको भन्दै सँधै साथ र सहयोग अवाश्यक रहेको बताएका
छन् । संविधान निर्माणको काम सकिएको भन्दै जिल्लाबाट निर्वाचीत दुवै सभाषद्ले अब सम्बृद्ध ओखलढुंगाको
निर्माणका लागि अग्रसर हुने प्रतिवद्धता जनाएका छन् । सभाषद् सुनुवारले सबै सभाषद्हरु मिलेर अबको ५ वर्ष
भित्र जिल्लालाई सम्बृद्ध बनाउने घोषणा गर्नुभयो । .

अर्का सभाषद् खतिवडाले पनि आफु कुनै पार्टी
र जातीको मात्रै नभई सबै जनता र सिङ्गो ओखलढुंगाको प्रतीनिधी भएकाले आफुले पनि सँधै सबैसँग सहकार्य गरेर
अघि बढ्ने बताउनुभयो । उहाँले जिल्लाका दुवै पत्यक्ष निर्वाचीत सभाषद्लाई विश्वास सहितको जिम्मेवारी र
साथ दिन आग्रह गर्नुभयो । सभाषद्हरुको प्रतीवद्धता पछि जिल्लाबासी सरोकारवालाहरुले पनि खुसी व्यक्त
गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला