२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोषण सुधारका लागी महिला स्वास्थ्य स्वयंसेविकालाइ तालिम दिइने

२०७२, १९ भाद्र शनिबार ००:२७

शँकर के सी/ भदौ १९, सल्यान । जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा सुआहारा कार्यक्रम अन्र्तरगत मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी सामाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि दुई दिने पुर्व तयारी कार्यक्रम आज शुक्रबार सल्यानको कपुरकोटमा सम्पन्न भएको छ । तालिममा वोल्ने वक्ताहरुले जिल्लाको पोषण स्थीति सुधारका लागी महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानिय सामाजिक परिचालकहरुलाइ तालिम दिन लागिएको बताएका थिए । उनिहरुले पोषणको स्थीति सुधारका लागी जिल्लामा सुआहारा कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । समुदाय स्तरिय ५ दिने तालिमको लागी तयार पारीएका विषयवस्तु, निर्देशिका र शैक्षिक सामाग्रीहरुबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सो पुर्व तयारी कार्यक्रममा रिम, सारपानी गर्पा, सिनवाङ, धनवाङ, फलावाङ, काभ्रा र कारागिठिका स्वास्थ्यकर्मि, श्रोत व्यक्ति र दलित विकास समाज सल्यानका फिल्ड सुपरभाइजरहरु गरी २१ जनााको सहभागिता रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानका जन स्वास्थ्य अधिकृत तथा पोषण श्रोत व्यक्ति अरुण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सुआहारा सल्यानका जिल्ला कार्यक्रम संयोजक पवन योगी, दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपाली, श्रोतव्यक्ति सुआहारा नेपाली प्राविधिक सहयोगी समुह अन्र्तरगत तालिम अधिकृत माथवरसिंह थापा, सिनियर अहेव अमर कुमार शर्मा लगायतले वोल्नुभएको थियो । कार्यक्रमको संचालन सुआहारा नेपाली प्राविधिक सहयोगी समुह अन्र्तरगत तालिम अधिकृत अनुप पोखरेलले गर्नुभएको थियो ।
तालिमका सहभागिहरुले भदौ २० देखि २४ गते सम्म मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी समाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि समुदाय स्तरिय तालिम प्रदान गर्नेछन । पुर्व तयारी तालिममा सहभागिहरुले रिम, सारपानी गर्पा, सिनवाङ, धनवाङ, फलावाङ, काभ्रा र कारागिठिका महिला स्वास्थ्य स्वयंसेविका, अगुवा कृषक, सामाजिक परिचालक, महिला वाल शिक्षीका र किसान परियोजना, वहुसरोकारवाला वन कार्यक्रम, जिवनका लागी स्वास्थ्य लगायतका कार्यक्रमका स्थानिय सहजकर्ताहरुलाई प्रदान गरिने सुआहारा सल्यानका अत्यावश्यक पोषण कार्य अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
पुर्व तयारी कार्यक्रममा सुआहारा नेपाली प्राविधिक सहयोगी समुह अन्र्तरगत श्रोतव्यक्तिहरु अनुप पोखरेल, माथवरसिंह थापा, विनिता खत्रि, सर्मिला गौतम, विवेक शर्मा र अनुवरुल हकले सहजीकरण गर्नुभएको थियो । तालिममा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका खोप सुपरभाइजर नवराज आचार्य, सुआहारा कार्यक्रमका लेखा अधिकृत दिनेश ओझा, दलित विकास समाज सल्यान अन्र्तरगत सुआहारा कार्यक्रमका फिल्ड संयोजक पुरुषोत्तम गिरी लगायतको सहभागिता रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानले सुआहारा कार्यक्रम अन्र्तरगत जिल्लाका ३५ गाविसमा ४६३ जना महिला स्वास्थ्य स्वयंसेविका, अगुवा कृषक, सामाजिक परिचालक, महिला वाल शिक्षीका र किसान परियोजना, वहुसरोकारवाला वन कार्यक्रम, जिवनका लागी स्वास्थ्य लगायतका कार्यक्रमका स्थानिय सहजकर्ताहरुलाई यस्तो समुदाय स्तरिय तालिम प्रदान गर्न लागेको कार्यालयका जनस्वास्थ्य निरीक्षक अरुण दाहालले जानकारी दिनुभयो । पुर्व तयारी कार्यक्रमहरु ११ गाविसको लागी भदौ २५ र २६ गते थारमारेमा, ७ गाविसको लागी असोज १७ र १८ गते सल्लीबजारमा र १० गाविसको लागी भदौ २७ र २८ गते श्रीनगरमा गरिने सुआहारा कार्यक्रम सल्यानका जिल्ला संयोजक पवन योगीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो