१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोषण सुधारका लागी महिला स्वास्थ्य स्वयंसेविकालाइ तालिम दिइने

१९ भाद्र २०७२, शनिबार ००:२७

शँकर के सी/ भदौ १९, सल्यान । जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा सुआहारा कार्यक्रम अन्र्तरगत मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी सामाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि दुई दिने पुर्व तयारी कार्यक्रम आज शुक्रबार सल्यानको कपुरकोटमा सम्पन्न भएको छ । तालिममा वोल्ने वक्ताहरुले जिल्लाको पोषण स्थीति सुधारका लागी महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानिय सामाजिक परिचालकहरुलाइ तालिम दिन लागिएको बताएका थिए । उनिहरुले पोषणको स्थीति सुधारका लागी जिल्लामा सुआहारा कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । समुदाय स्तरिय ५ दिने तालिमको लागी तयार पारीएका विषयवस्तु, निर्देशिका र शैक्षिक सामाग्रीहरुबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सो पुर्व तयारी कार्यक्रममा रिम, सारपानी गर्पा, सिनवाङ, धनवाङ, फलावाङ, काभ्रा र कारागिठिका स्वास्थ्यकर्मि, श्रोत व्यक्ति र दलित विकास समाज सल्यानका फिल्ड सुपरभाइजरहरु गरी २१ जनााको सहभागिता रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानका जन स्वास्थ्य अधिकृत तथा पोषण श्रोत व्यक्ति अरुण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सुआहारा सल्यानका जिल्ला कार्यक्रम संयोजक पवन योगी, दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपाली, श्रोतव्यक्ति सुआहारा नेपाली प्राविधिक सहयोगी समुह अन्र्तरगत तालिम अधिकृत माथवरसिंह थापा, सिनियर अहेव अमर कुमार शर्मा लगायतले वोल्नुभएको थियो । कार्यक्रमको संचालन सुआहारा नेपाली प्राविधिक सहयोगी समुह अन्र्तरगत तालिम अधिकृत अनुप पोखरेलले गर्नुभएको थियो ।
तालिमका सहभागिहरुले भदौ २० देखि २४ गते सम्म मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी समाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि समुदाय स्तरिय तालिम प्रदान गर्नेछन । पुर्व तयारी तालिममा सहभागिहरुले रिम, सारपानी गर्पा, सिनवाङ, धनवाङ, फलावाङ, काभ्रा र कारागिठिका महिला स्वास्थ्य स्वयंसेविका, अगुवा कृषक, सामाजिक परिचालक, महिला वाल शिक्षीका र किसान परियोजना, वहुसरोकारवाला वन कार्यक्रम, जिवनका लागी स्वास्थ्य लगायतका कार्यक्रमका स्थानिय सहजकर्ताहरुलाई प्रदान गरिने सुआहारा सल्यानका अत्यावश्यक पोषण कार्य अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
पुर्व तयारी कार्यक्रममा सुआहारा नेपाली प्राविधिक सहयोगी समुह अन्र्तरगत श्रोतव्यक्तिहरु अनुप पोखरेल, माथवरसिंह थापा, विनिता खत्रि, सर्मिला गौतम, विवेक शर्मा र अनुवरुल हकले सहजीकरण गर्नुभएको थियो । तालिममा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका खोप सुपरभाइजर नवराज आचार्य, सुआहारा कार्यक्रमका लेखा अधिकृत दिनेश ओझा, दलित विकास समाज सल्यान अन्र्तरगत सुआहारा कार्यक्रमका फिल्ड संयोजक पुरुषोत्तम गिरी लगायतको सहभागिता रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानले सुआहारा कार्यक्रम अन्र्तरगत जिल्लाका ३५ गाविसमा ४६३ जना महिला स्वास्थ्य स्वयंसेविका, अगुवा कृषक, सामाजिक परिचालक, महिला वाल शिक्षीका र किसान परियोजना, वहुसरोकारवाला वन कार्यक्रम, जिवनका लागी स्वास्थ्य लगायतका कार्यक्रमका स्थानिय सहजकर्ताहरुलाई यस्तो समुदाय स्तरिय तालिम प्रदान गर्न लागेको कार्यालयका जनस्वास्थ्य निरीक्षक अरुण दाहालले जानकारी दिनुभयो । पुर्व तयारी कार्यक्रमहरु ११ गाविसको लागी भदौ २५ र २६ गते थारमारेमा, ७ गाविसको लागी असोज १७ र १८ गते सल्लीबजारमा र १० गाविसको लागी भदौ २७ र २८ गते श्रीनगरमा गरिने सुआहारा कार्यक्रम सल्यानका जिल्ला संयोजक पवन योगीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’