२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर घटनाप्रति गम्भीर बन्न प्रदेशसभा सदस्यको माग

२०७५, ७ भाद्र बिहीबार १३:१६

भदौ ७, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्याको घटनासँगै उत्पन्न जटिल परिस्थितिप्रति गम्भीर हुन् सरकार र सभाको ध्यानाकर्षण गराउनुभएको छ । 

उक्त घटनाको सत्यतथ्य छानबिन गर्न संसदीय टोली गठन गर्नुपर्ने, अपराधी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्नुपर्ने तथा उक्त घटनालाई लिएर शान्ति सुव्यवस्था र सामाजिक सद्भाव खलबलिन नदिन पहल गर्नुपर्ने माग उनीहरुले गर्नुभयो । 

उनीहरुले सम्बन्धित निकायको लापरवाहीका कारण प्रदेशका विभिन्न ठाउँमा बिजुलीको करेन्ट लागेर मानिसको मृत्यु हुने क्रम बढेको भन्दै विद्युत् प्रसारण लाइनको उचित व्यवस्थापन गर्नुपर्ने तथा सामाजिक परिचालकहरुले राखेका मागको सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

यसरी माग गर्नुहुनेमा सदस्य पूर्णा जोशी, बलबहादुर सोडारी, भरतबहादुर खड्का, मालामतीकुमारी रानाथारु, लीलाधर भट्ट, शान्ति नेपाली र हर्कबहादुर कुवँर हुनुहुन्छ । 

बैठकमा प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । 

उक्त प्रस्तावमाथि भएको सामान्य छलफलमा सदस्य गोविन्दराज बोहरा, पूर्णा जोशी, अम्बीकुमारी थापा, हर्कबहादुर कुवँर, शान्ति नेपाली, मालामतीकुमारी रानाथारुले सहभागी हुनुभयो । 

प्रदेशसभाको अर्काे बैठक यही भदौ ११ गते दिउँसो १ बजे बस्नेछ । 

मुख्य मन्त्री, मन्त्री र सहायक मन्त्रीको सुविधा 

विधेयकमा प्रदेश सरकारका मुख्यमन्त्रीको मासिक पारिश्रमिक रु ६० हजार ९७०, मन्त्रीको रु ५४ हजार, राज्यमन्त्रीको रु ५१ हजार र सहायक मन्त्रीको रु ४९ हजार प्रस्ताव गरिएको छ । 

मुख्यमन्त्री र मन्त्रीको परिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आवास सुविधाअन्तर्गत मासिक मन्त्रीलाई रु २५ हजार, राज्य र सहायक मन्त्रीलाई रु २०÷२० हजार तोकिएको छ । 

फर्निचरका लागि एकमुष्ठ मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीलाई रु २५ हजार उपलब्ध गराउने विधेयकमा उल्लेख छ । 

सञ्चार सुविधाअन्तर्गत मुख्यन्त्री, मन्त्री र सहायक मन्त्रीलाई रु दुई हजार र स्वदेशमा भ्रमण गर्दा मुख्यमन्त्री र मन्त्रीलाई दैनिक रु दुई हजार ५००, राज्यमन्त्री र सहायकमन्त्रीलाई दैनिक रु दुई हजार र विदेश भ्रमण गर्दा सबैलाई प्रतिदिन २२५ अमेरिकी डलरको प्रस्ताव गरिएको छ । 

अतिथि सत्कार शीर्षकमा मुख्यमन्त्रीलाई प्रति महिना रु नौ हजार, मन्त्रीलाई रु सात हजार, राज्यमन्त्री र सहायकमन्त्रीलाई रु पाँच हजार विधेयकमा प्रस्ताव गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस