Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाको निर्णयमाथि प्रजिअले हस्तक्षेप गरेपछि…

२०७५, ८ भाद्र शुक्रबार ०३:५४

भदौ ८, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाको निर्णयलाई उल्टाउँदै खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले नगरपालिकाको निर्णयमाथि ठाडो हस्तक्षेप गरेको पाईएको छ । हलेसी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी चयनमा प्रजिअ पौडेलले नगरपालिकाको सर्वसम्मत निर्णयलाई समेत वदर गर्दै आफ्ना अनुकुलका मानिसलाई पदाधिकारी चयन गर्न उपयुक्त हुने रायसहित साउन १६ गते गुठी संस्थानमा हस्तक्षेपपूर्ण सिफारिस गरेको जनाईएको छ । 

हलेसी तुवाचुङ नगरपालिकाका सवै वडाका वडाध्यक्षसहित नगरमागत जेठ २२ गते बसेको बैठकबाट हर्कराज राईको अध्यक्षतामा मन्दिर व्यवस्थापन समितिको सर्वसहमत सिफारिस गर्ने निर्णय भएको  थियो । जसअनुसार अध्यक्षमा हर्कराज राई, उपाध्यक्षमा भूपेन्द्र कुमार राई, सचिव कमल गिरि, सहसचिव थाम बहादुर राई, कोषाध्यक्ष दिलीपराज गिरी, सदस्यहरुमा रमिता बस्नेत सौरभ गिरी, यज्ञराज राई र राकेश परियारको नामावली पठाएको थियो । प्रमुख सल्लाहकारमा गजुरमान राई र सल्लाहाकार सदस्यहरुमा लंकशेर राई, कुलपिद गुरुङ र रेवती केसी रहेको जानकारी पत्रसहित नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र उक्त कार्यालयमार्फत जिल्ला मालपोत कार्यालय खोटाङ र गुठी संस्थान प्रधान कार्यालय काठमाण्डौंमा बोधार्थ पत्र पठाएको थियो । 

यता जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पौडेलले उक्त निर्णयको सट्टा हर्कराज राई अध्यक्ष बाहेक अन्य सबै नामावली बदलेर गुठी संस्थान प्रधान कार्यालयमा छुट्टै सिफारिस पठाएको पाईएको छ । उनले अध्यक्षमा हर्कराज राई, उपाध्यक्षमा लंकशेर राई, सचिव खिलाल राई, कोषाध्यक्षमा रमिला वस्नेत, सदस्यहरुमा भूपेन्द्रकुमार राई, मंगल परियार, यज्ञराज राई, थामबहादुर राई, प्रकाशचन्द्र गिरी, प्रतिनिधि सदस्यहरुमा मालपोत कार्यालय, वडा अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, हलेसी तुवाचुङ नगरपालिका, किराँत राई यायोख्खा र मारतिका ताक्तेन छोलिङ गुम्वालाई प्रतिनिधि सदस्यमा चयन गरेर पठाएका छन् ।

‘निर्वाचित संस्थाहरुलाई कमजोर बनाउनका लागि राजनीतिक आर्थिक चलखेलमा लिप्त भएर प्रजिअ लागेको पाईएको छ । यस्तो हस्तक्षेपपूर्ण कार्य नगर्न र स्थानीय तहलाई कमजोर बनाउने उक्त निर्णय तत्काल सच्याउँनका लागि पहल गर्दछु ।’ हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले भने “प्रजिअ भएर रक्षक नै भक्षक जस्तो हुँदै आफ्नो क्षेत्राधिकारभित्र नवसी कुनैपनि संस्थालाई कमजोर बनाउन खोज्नु कतिको जायज हो ? राइले भने, म उहाँलाई प्रश्न गर्न चाहान्छु ।

त्यसोत, हलेसी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी चयन गरेर पठाएको निर्णयलाई बदर गर्दै पौडेलले हलेसीको आधिकारिक बैठकको निर्णयलाई अनुर्पयूक्त भएको संकेत गरेर आफ्नो सिफारिस उपयूक्त भएको पत्रमा जनाएका छन्  

प्रजिअको उक्त काम कारवाहीप्रति नगरपालिकाले तीव्र रोष प्रकट गर्दै स्थानीय सरकारको मर्ममाथि प्रजिअ पौडेलको ठाडो हस्तक्षेपले उनि आफैं विवादमा तानिएको समेत जनाएको छ  । यसोत, यस अगाडि पनि विभिन्न घटना र सन्दर्भहरुमा प्रजिअ पौडेलले आफ्नो जिम्मेवारी र कतव्र्यलाई निष्पक्षताका साथ सम्पादन गर्न नसकिरहेको भन्दै जिल्लास्थित प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले आरोप लगाउँदै आईरहेको थियो । उक्त आरोपलाई पछिल्लो पटक प्रजिअ पौडेलले गरेको यो एकपक्षीय सिफारिसबाट उनको रवैया आफै पुष्टी हुन गएको हलेसी तुवाचुङ नगरपालिकाका एक स्थानीयले बताए । 

उता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसँग यस विषयमा कुरा गर्न खोज्दा आफू विदामा भएकोले कुनै पनि कुरा नगर्ने बताए । यस विषयमा जानकारी लिन खोज्दा प्रजिअले आफू घर विदामा रहेको र पत्रकारसंग बोल्नुपर्छ भन्ने बाध्य नभएको भन्दै पन्छिएर फोन कटाए । 

विगतका दिनमा धेरै प्रजिअ जिल्लामा आएको र उनिहरुबाट जिल्लाबासीलाई नीति नियमानुसार सुशासन, पारदर्शितता, जवाफदेहिता तथा सम्पूर्ण कामहरुको निष्पक्ष काम कारवाही भएको पाईए पनि हालका प्रजिअ पौडेल आएपछि भने सुशासनमा समस्या भएको जिल्लाबासीले गुनासो गरेका छन् । प्रजिअ पौडेलले कतिपय सेवाग्राहीलाई धम्कीपूर्ण भाषा पनि प्रयोग गर्ने गरेको एक स्रोतले बताएको छ । प्रजिअ पौडेल कहाँ काम लिएर गए कागजातमा अनावश्यक खोट देखाउँदै अल्मल्याउने गरेकोे पाइएको छ । सेवाग्राहीले भाषा हेर्ने शिक्षक कि प्रजिअ हुन भन्दै विभिन्न समयमा गुनासो समेत पोख्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी