2026-09-19 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

भदौ ९, उदयपुर | उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट सञ्चालनमा आउने भएको छ । 

बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष पशुपतिकुमारी चौधरीले बताउनुभयो । 

आठ बिगाहा सोह्र कठ्ठा जग्गाको बृहत क्षेत्रफलको उक्त बसपार्कको टिकट काउण्टर हल, यात्रु प्रतिक्षालय, सार्वजानिक शौचालय निर्माण पूर्णरूपमा सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका सदस्य ज्ञानबहादुर राउतले बताउनुभयो । 

उक्त बसपार्क निर्माणको लागि शहरी विकास मन्त्रालय र त्रियुगा नगरपालिकाले गरी कूल रु एक करोड बजेटमा बसपार्क निर्माण सम्पन्न भएको समितिका अध्यक्ष चौधरीले बताउनुभयो । यता १ नं प्रदेश सरकारले समेत बसपार्कको बाहिरी कम्पाउण्ड घेराबेराका लागि रु २० लाख बजेट बिनियोजन गरेको समितिका पदाधिकारी बताउँछन् । 

बरुवा बसपार्क हालको सुनसरी चतरा, गाईघाट, कटारी, हेटौंडा हुँदै राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गलाई ध्यानमा राखेर १ नं प्रदेशकै बृहत र सबैभन्दा ठूलो बसपार्क निर्माण गरिएको त्रियुगा नगपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई