२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रु सात लाखबराबरको चोरी

२०७५, ९ भाद्र शनिबार ०६:२४

लहान, ९ भदौ | सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा गए राति करीब रु सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ । 

घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन् । घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसुत्र, सुनको मनटिक्का, सुनको बजरंगबली मूर्ति, सुनको औँठी चार थान, कान र नाकको टप, चाँदीको करा ४० भरको हसुली, ७० वटा चाँदीको सिक्का ४० भरीको हारी १० भरीको बलिया तीन सेटलगायतका सामान चोरी भएको यादवले जानकारी दिनुभयो । 

साथै चोरले एक थान मोबाइल सेट तथा पाँच हजार भारतीय रुपैयाँसमेत लगेको यादवले बताउनुभयो । यता प्रहरीले घटनाबारे छानबिन र चोरको खोजतलास भइरहेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस