२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनियमितताका बारेमा छानबिन शुरु

९ भाद्र २०७५, शनिबार ०७:३०

भदौ ९, डडेल्धुरा | डडेल्धुरामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भनी परेको उजुरीका बारेमा छानबिन शुरु भएको छ । 

हलिया पुनःस्थापना कार्यक्रममा भएको अनियमितताका बारेमा भूमिसुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको टोलीले डडेल्धुरा पुगेर छानबिन शुरु गरेको हो । 

जिल्लामा मुक्तहलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्नुका साथै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन टोलीले छानबिन शुरु गरेको हो । 

जिल्ला मालपोत कार्यालय कैलाली, धनगढीका प्रमुख ठाकुरप्रसाद सिग्देलको संयोजकत्वमा मन्त्रालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको थियो । सो छानबिन टोलीले हलिया पुनःस्थापनामा भएको आर्थिक अनियमितता गरेको आरोप लागेका कर्मचारी, उजुरी कर्ता मुक्त हलियासँग भेटेर छानबिन गर्नुका साथै स्थानीय सञ्चारकर्मीको समेत सुझाव लिइरहेको टोलीका संयोजक सिग्देलले बताउनुभयो । 

हलिया पुनःस्थापना कार्यक्रममा जिल्ला मालपोत कार्यालय डडेल्धुराका लेखापाल, मालपोत कार्यालयमा मुक्त हलियाका सहजकर्तालगायतका कर्मचारी र मुक्त हलिया समाज महासङ्घ डडेल्धुराका केही पदाधिकारी र पत्रकारले समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ । 

२०६५ भदौ २१ गते मुक्तघोषणा भएका हलियाका लागि २०७१ देखि सरकारले पुनःस्थापना कार्यक्रम शुरु गरेको थियो । डडेल्धुरामा एक हजार ८९४ परिवारमध्ये २०७४÷७५ मा एक लाख २५ हजारका दरले ६०० घर मर्मत, रु तीन लाख २५ हजारका दरले ४०० घर निर्माण र दुई लाखका दरले २०० हलिया परिवारको लागि जग्गा खरीद भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा