2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको छात्राहरुमा देखियो यस्तो अनौठो समस्या

नन्द बहादुर रोकाया | भदौ ९, मुगु | जिल्लाको पश्चिम खत्याड गाउँपालिका वडा नं. ८ मा रहेको सर्वोदय माध्यामिक बिद्यालय सुकाढीकमा अध्यनरत कक्षा ३ देखी कक्षा १० सम्मका छात्राहरुमा ५ महिना यता अनौठो समस्या देखा परेको छ । ५ महिना देखि देखी सर्वोदय माविका अध्यनरत छात्रामा काप्ने, चिच्याउने, रुने, आपसमा लुछालुछ गर्ने, दाँत जोड्ने, टोलाउने लगायतका अनौठो समस्या देखा परेको छ ।  

गएको जेठ महिनाबाट शुरु भएको समस्या अहिलेसम्म बल्झिएको र बिद्यार्थीको पठनपाठनमा समेत समस्या भएको सर्वोदय माध्यामिक बिद्यालय सुकाढीका निमित्त प्रधानध्यापक धनलाल बिकले बताउनुभयो । 

सर्वोदय माविमा अध्यनरत २३ जना छात्रामा  यस्तो अनौठो समस्या देखिएपछी बर्खे बिदा केहि दिन अगाडी गरेका भएपनी छात्राहरु घरमा बसुन्जेल यस्तो समस्या नभएको भएपनी पुन पढाई सञ्चालन गर सगै छात्रामा काप्ने, चिच्याउने, रुने, आपसमा लुछालुछ गर्ने, दाँत जोड्ने, टोलाउने लगायतका समस्या पुन देखिएका निमित्त प्रधानध्यापक बिकको भनाई छ । जिल्ला सदरमुकाम देखी दुई दिन टाँढा रहेको उक्त बिद्यालयमा ५महिनादेखी देखिएको समस्या समाधान नभएपछि गाँउलेहरु भेला भएर स्थानीय धामी झाँक्रीलाई देखाउँदा गाँउ वरपर रहेका भुतप्रेत लागेको र आफुहरुले हटाई दिने भनेका थिए । 

तर समस्या हट्नुको सटा समस्या अझ बढ्दै गएपछि स्थानीय अभिभावकहरु समेत चिन्नति भएका छन ।अभिबावकहरुले  सुकाढीक गाउँमा अवस्थित कनन्दा माईको मन्दिरमा बोकाको बली समेत चढाएपनी समस्या हटेको छैन ।मन्दिरमा बलि चढाउँदापनि अझै समस्या थप बढ्दै गएको शिक्षकहरुले बताएका छन । यस्तो लक्षण विद्यालयको दोस्रो घण्टीपछि शुरु हुने र करिब दुई तीन घण्टा यस्तो समस्या देखिने गरेको छ । बिद्यार्थी सामान्य अवस्थामा आइसकेपछि छात्राहरुलाई सोध पुछ गर्दा आफुहरुलाई केहि थाहा नहुने र बिद्यालयबाट घर गएपछि आफै ठिक हुने गरेको बिद्यार्थीहरुको भनाई छ ।  यस्तो समस्या देखा पर्दापनी  प्राथमिक स्वास्थ्य केन्द्रमा खबर गर्दा लामो समय देखी डाक्डर नभएको र खत्याड गाउँपालिकाले पनि कुनै चासो नदेखाएकोले थप समस्या बढेको बिद्यालयले जनाएको छ । विद्यालयमा चार सय बिध्यार्थी मध्ये दुई सय २० जना छात्रा बिद्यार्थी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ