२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

आर्थिक तथा सामाजिक विकासमा सरकार लागिपरेको छ: प्रधानमन्त्री

९ भाद्र २०७५, शनिबार ११:५७

भदौ ९, भक्तपुर | प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताउनुभएको छ । 

भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सरकार सक्रियरुपमा लागि परेको छ ।” 

प्रधानमन्त्री ओलीले समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको वर्तमान सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य चुनौतीपूर्ण भएपनि नेपाल आफैँमा स्रोत र साधनले सम्पन्न भएकाले यसको समुचित प्रयोग गरिने दृढता व्यक्त गर्नुभयो । 

दुई ठूला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरी भारत र चीनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने बताउँदै उहाँले नेपालमा अब द्वन्द्व व्यवस्थापन भइसकेकाले विकास र समृद्धिलाई पूर्णता दिइनेछ भन्नुभयो । 

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धि र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएको उल्लेख गर्दै यसका लागि आउने चुनौतीको सामना गर्दै आफ्नो जिम्मेवारीलाई सरकारले पूरा गर्छ बताउनुभयो । 

मदन भण्डारी एशियाली विश्वविद्यालय स्थापना गर्न यो सरकारले पहल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 

नेता वामदेव गौतमले देशमा धेरै अवसर आएकाले यसलाई सरकारले सदुपयोग गर्नुपर्ने बताउनुभयो । 

आजदेखि आगामी २१ दिनसम्म आवासीयरुपमा सञ्चालन हुने कक्षामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, इष्टिमोर्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, मोरेसियो, फिलिसिन्स, दक्षिण अफ्रिकालगायतका ५० जना नागरिकको सहभागिता छ । 

नेता माधवकुमार नेपाल संरक्षक रहेको सो विद्यालयको पहिलो पटक शुरु भएको कक्षामा पहिलो समूहको नाम पुष्पलाल दिइएको छ भने यस प्रकारका कक्षा आगामी दिनमा पनि सञ्चालन हुनेछ । 

अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइने छ । पढाइसँगै सामाजिक एवं व्यावहारिक काम कसरी गर्ने भन्नेबारेमा प्रयोगात्मक कक्षासमेत सञ्चालन हुनेछ । 

२१ दिनको प्रशिक्षणमा नेपालबाट नेता माधवकुमार नेपाल, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, अमेरिकाका क्रिसो क्रुसो, भारतबाट डा विजयप्रसादलगायत विभिन्न देशका कम्युनिजमका विज्ञले प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक प्रमेश पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा