२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मलालाई न्याय दिन सबै पक्ष संयमित भई अघि बढनु पर्ने

९ भाद्र २०७५, शनिबार १७:४८

भास्कर के.सी | भदौ ९, कञ्चनपुर | साउन १० गते हराएकी बालिका निर्मला पन्त भोलि पल्ट बलात्कार पछि हत्या भएको अवस्थामा भीनपा–१८ पत्थरपुर उखु बारीमा फेला परे पछि चलेको आन्दोलन भदौ ४ गते वर्ष ४० का दिलिप विष्टलाई हत्याको आरोपमा सार्वजनिक गरे पछि भदौ ५ गते  देखि आन्दोलनले उग्र्ररुप लिएको थियो भने भदौ ७ गते बेलुका ५ देखि विहान ५ बजे कफर्यु लागेको थियो त्यसैगरी भदौ ८ गते बेलुका ८ बजे लागेको कफर्यु  १० गते विहान ५ बजे सम्मको लागि लागेको छ भने १० गते विहान १० बजे देखि पुनः कफर्यु लाग्ने भएको छ कफर्यु भीनपाका १८, ४ र ६ का वडाहरुमा लागेको छ । आज ३१ दिन वितिसक्दा पनि यहाँको स्थिती सामान्य हुन सकेको छैन । यस विचमा एक जना १४ वर्षका बालक सन्नी खुनाको  प्रहरीले चलाएको गोली लागी मृत्यु भएको छ भने दर्जनौं व्यक्ती घाईते भएका छन् । 

यहाँका सिडिओ, एसपि, डिएसपि र मुद्दाफाँटका इन्सपेक्टर लाई काठमाडौ लगिएको छ भने उनको स्थानमा नयाँ टिम आएको छ । जसका कारण अब न्याय मिलनेमा केही हद सम्म पनि यहाँका स्थानिय र देशबासी ढुक्क भएका छन् ।

शनिबार बसेको सर्वदलीय छलफलमा चार वटा बुदाँमा निर्णय भएको छ । प्रहरीको गोली लागेका भी.न.पा.१८ शुभकामना मुक्त कमैया टोल भगतपुर निवासी सन्नी खुनालाई शहीद घोषण गर्न नेपाल सरकार समक्ष र मृत्तकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराई दिन तिनै तहको सरकार समक्ष अनुरोध गर्ने, आन्दोलनमा घाइते भएकलाई निशुल्क उपचारको व्यवस्था गर्ने, घाइते भए पश्चात शारीरिक अशक्तता कारण जिवन निर्वाह गर्न कठिनाइ भएका परिवारहरुमा जीविकोपार्जनको लागि उचित व्यवस्था गर्ने, आन्दोलनकका क्रममा निजी सरकारी, सार्वजनिक सम्पतिमा पुग्न गएको क्षति, भिडनियन्त्रको सिलसिलामा भएको दमन र गोली चलाइएको विषयका सम्पबन्धमा निष्पक्ष छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाईका लागि समिति गठन गर्न नेपाल सरकार, गृह मन्त्रालय समक्ष अनुरोध र भविष्यमा कुनै पनि अप्रिय घटना घटन नदिन घटनाको निष्पक्ष छानविन एवं शान्ति व्यवस्था कायम गर्ने जस्ता बुदामा सहमति भएको छ ।


त्यसै विच सर्वदलीय छलफलमा भएका विभिन्न पार्टीका नेता, मानव अधिकार कर्मी, महिला अधिकार कर्मी र प्रहरी प्रशासनले सबै जनतामा संयमित भएर निष्पक्ष छानविनको लागि सबै जनसमुदायले सहयोग गर्नु पर्ने र अहिले आएको छनविन टोलीले छिटो भन्दा छिटो अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्ने बताए । 

शुक्रबार बेलुका ७ बजे देखि लगाएको कफर्यु आइतबार विहान ५ बजे सम्म रहदा स्थानियवासीले अति आवश्यक समानको लागि पनि समस्या बेहोर्नु परेको छ भने भारतबाट नेपाल आउने र भारत जाने यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो