२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुर घटना: शंकाको घेरामा एसपीका छोरा र मेयरका भतिज !

२०७५, ९ भाद्र शनिबार १८:३२

भदौ १०, कंचनपुर | निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेपछि क्रमश शंकाको घेरामा एसपी र मेएरका छोरा पनि मुछिने भएका छन् । 

भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् । निर्मला पन्त बम दिदिबहिनीकै घरमा गृहकार्य गएका बेला वेपत्ता भएकी थिइन् । दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।

प्रहरीले घटनाको तथ्य बुझ्न र अनुसन्धानमा बाझिएका केहि बिषयको थप गहिराईमा पुग्न उनीहरुलाई पक्राउ गरेको हो । दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गरेपछि प्रहरीले  एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिजलाई अनुसन्धानका लागि तान्न सक्ने देखिएको छ । 

निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन्, त्यही घरदेखि नै यो घटना रहस्य सुरु भएको थियो । निर्मला उक्त घरमा होमवर्क गर्न राति नभएर बिहान ११ बजेतिर गएकी थिइन् ।

स्थानीयले दिएको जानकारी अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा थिए भने अर्का भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयले बताए अनुसार दिदी बहिनीमात्रै बस्दै आएका उक्त घरमा ती दुइ युवकहरु बाक्लै आउने-जाने गर्थे ।


प्रहरीले घटनाको शंकास्पद र रहश्यमय बिषयलाई ध्यान नै नदिई जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गर्यो तब स्थानीयले आन्दोलन चर्काएका थिए । घटना लुकाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेर घटनाको वास्तविकता लुकाउन प्रहरी अधिकारीहरुनै सक्रिय भएका स्थानीयले आरोप लगाउँदै आएका छन् । 

त्यसोत अनुसन्धान जारी रहँदा प्रहरी उपरीक्षक विष्ट निलम्बनमा परिसकेका छन् । गृह मन्त्रालयमा सनिबार गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका विष्टलाई घटना अनुसन्धान अवधिभर निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । 

बैठकले प्रहरी नायब उपरीक्षक सेठी र जिल्ला प्रहरी कार्यालयका मुद्धा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा बोलाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस