कंचनपुर घटना: शंकाको घेरामा एसपीका छोरा र मेयरका भतिज !

Posted on: 26 Aug, 2018

भदौ १०, कंचनपुर | निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेपछि क्रमश शंकाको घेरामा एसपी र मेएरका छोरा पनि मुछिने भएका छन् । 

भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् । निर्मला पन्त बम दिदिबहिनीकै घरमा गृहकार्य गएका बेला वेपत्ता भएकी थिइन् । दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।

प्रहरीले घटनाको तथ्य बुझ्न र अनुसन्धानमा बाझिएका केहि बिषयको थप गहिराईमा पुग्न उनीहरुलाई पक्राउ गरेको हो । दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गरेपछि प्रहरीले  एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिजलाई अनुसन्धानका लागि तान्न सक्ने देखिएको छ । 

निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन्, त्यही घरदेखि नै यो घटना रहस्य सुरु भएको थियो । निर्मला उक्त घरमा होमवर्क गर्न राति नभएर बिहान ११ बजेतिर गएकी थिइन् ।

स्थानीयले दिएको जानकारी अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा थिए भने अर्का भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयले बताए अनुसार दिदी बहिनीमात्रै बस्दै आएका उक्त घरमा ती दुइ युवकहरु बाक्लै आउने-जाने गर्थे ।


प्रहरीले घटनाको शंकास्पद र रहश्यमय बिषयलाई ध्यान नै नदिई जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गर्यो तब स्थानीयले आन्दोलन चर्काएका थिए । घटना लुकाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेर घटनाको वास्तविकता लुकाउन प्रहरी अधिकारीहरुनै सक्रिय भएका स्थानीयले आरोप लगाउँदै आएका छन् । 

त्यसोत अनुसन्धान जारी रहँदा प्रहरी उपरीक्षक विष्ट निलम्बनमा परिसकेका छन् । गृह मन्त्रालयमा सनिबार गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका विष्टलाई घटना अनुसन्धान अवधिभर निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । 

बैठकले प्रहरी नायब उपरीक्षक सेठी र जिल्ला प्रहरी कार्यालयका मुद्धा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा बोलाउने निर्णय गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!