2026-09-19 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बंशिलाघाटको झोलुङगे पुल उद्घाटन, स्थानिय हर्षित

चिसाङ शेर्पा | भदौ १०, खोटाङ | बराहपोखरी गाउँपालिका–६ पौवासेरा र चौदण्डीगढी नगरपालिकासँग सिधा यातायात जोड्ने बंशिलाघाटस्थित दुधकोसी नदीको झोलुङगे पुलको उद्घाटन गरिएको छ । झोलुङगे पुलको उदयपुर चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले उद्घाटन गरेका हुन् ।

विधिवत रुपमा झोलुङगे पुल उद्घाटनसँगै सुचारु भएपछि बराहपोखरी, जन्तेढुंगा, खोटेहाङ गाउँपालिका र केही भोजपुरका स्थानियलाई बाधकको रुपमा रहेको दुधकोसी नदी छिचोल्न सहजता भएको छ ।

पुल सुचारुपछि बराहपोखरी गाउँपालिकाको पौवासेरा, मौवाबोटे, जन्तेढुंगा गाउँपालिकाको देविस्थान, दिप्लुङ, चिसापानी, काहुले, डम्र्बखुशिवालय, खोटेहाङ गाउँपालिकाको सावाकटहरे, वाप्लुखा, लिकुवापोखरी र भोजपुरको आमचोक गाउँपालिकाको युं वडाका स्थानियलाई सिधा तराई जान आउन निक्कै सहज भएको छ ।

पौवासेराको बंशिलाघाट दुधकोसी नदी र नदीपारी चौदण्डीगढी नगरपालिकाको सिध्दिपुरलाई झोलुङगे पुलले जोडेपछि स्थानियमा खुशी छाएको स्थानिय खेमराज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई