२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

समाजसेवा रत्न पदकबाट सम्मानीत भए नगर प्रमुख बोहरा

११ भाद्र २०७५, सोमबार ०१:३९

टेकबहादुर थापा | भदौ ११, अछाम । मंगलसेन नगरपालीकाका नगर प्रमुख पदम बहादुर बोहराले समाजसेवा रत्न पदक प्राप्त गर्नु भएको छ । ४ बर्ष अघि २०७१ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सम्माननीय राष्टिपति रामबरण यादब बाट घोषणा भएको समाजसेवा रत्न पदक आईतबार गृहमन्त्रालयको बिभुषण शाखा बाट एक कार्यक्रमका बिच नगर प्रमुख बोहरालाई हस्तान्तरण गरिएको हो । 

नगर प्रमुख बोहराले तक्मा र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । लामो समय सम्म समाजसेवामा खटी गाउ समाजका लागी उदारणीय काम गरेको भन्दै सरकारले समाजसेवी बोहरालाई समाजसेवा रत्नपदक प्रदान गर्ने घोषण गरेको थियो । त्यही समयमै दिनुपर्ने तक्मा र प्रमाण पत्र देशमा आएको बिनाशकारी भुकम्पको कारणले रोकीएको थियो । ४ बर्ष अघि घोषणा गरिएको सम्मान आफुले आईतबार पाएको नगर प्रमुख बोहराले बताउनुभयो । साविकको मंगलसेन गाविसका वडा न ९ नवबिसमा २०१६ सालमा जन्मनु भएका बोहरा २०३४ साल देखी हाल सम्म समाजसेवामा तल्लीन हुनुहुन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मंगलसेन नगरपालीकाको नगर प्रमुखमा निर्वा्र्चित हुनु भएका नगर प्रमुख बोहरा २०४१ साल देखी विभीन्न सामुदायीक बन तथा बिद्यालयको संस्थापक अध्यक्ष भई उदारणीय काम गरिसक्नु भएको छ । राधा मावि बोगटी गाउको प्रावि, निमावि हुदै मावि, शोडषा उच्च मावि मंगलसेनको मावि, निमावि र उच्च मावि सम्मको सफल अध्यक्षको भुमीका निर्बाहा गरिसक्नु भएको छ भने हाल अछाम बहुमुखी क्याम्पसको संञ्चालन समितीको अध्यक्ष समेत हुनुहुन्छ । 


समाजसेवी बोहरा क्याम्पसको अध्यक्ष भईसकेपछि क्याम्पसको स्तर उन्नतीका लागी बृहत महायज्ञ संञ्चालन गरि क्याम्सको स्तर उन्नतीका लागी अहीले गतिविधी अगाडी बढीरहेका छन । साविकको मंगलसेन गाविसमा रहेको थाप्ले सामुदायीक बन, मानबस्ता सामुदायीक बन, रोला सामुदायीक बन लगायतका दर्जन बढी बनको संस्थापक अध्यक्ष भई बन विकासका लागी काम गर्नु भएका बोहरा पुस्पलाल बाटीकाका संस्थापक समेत हुनहुहुन्छ । निस्वार्थ रुपमा बिगत लामो समय देखी समाज सेवामा खटीरहनु भएका बोहराले गरेका हरेक कामहरु प्रशंसा गर्न योग्य छन । 

मंगलसेन नगरपालीकामा नगर प्रमुख भएको एक बर्षमा बोहराले नगरपालीकाका ७ सय भन्दा बढी युवालाई विकास निर्माण कार्यदल मार्फत रोजगारि दिने निर्णय गरेपछि नगर प्रमुख बोहरा अहीले चर्चामा हुनहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला