२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा स्कोरपियो दुर्घटना: एकको मृत्यु, ४ गम्भीर घाइते

२०७५, ११ भाद्र सोमबार ०५:२५

भदौ ११, भद्रपुर | पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई आज बिहान ३ बजे सडकमै पल्टिएको थियो । 

दुर्घटनामा परी जिपमा सवार घाइते भएका पाँचै जनालाई विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा कार्कीको मृत्यु भएको प्रहरीको भनाइ छ । 

दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै