2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

भदौ ११, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।

सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । 

विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान गरिएको छ । समाजसेवी राईले नौ थान कम्प्युटर र १६ थान सोलार सेट साकुमा फ्रेण्डसिप ट्रष्ट युकेमार्फत विद्यालयलाई उपलब्ध गराउनुभएको प्रधानाध्यापक तुलसीराम पोखरेलले जानकारी दिनुभयो । 

थप तीन थान कम्प्युटर ध्यानकुमार राई, उषा–दीपेन राई र मुकेश राईले एक÷एक थान उपलब्ध गराउनुभएको जनाइएको छ । विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि रु १२ लाख २५ हजार बराबरको अक्षयकोषसमेत स्थापना गरिएको छ । 

सुन्तलेमा जन्मिएर विभिन्न देशमा कार्यरत प्रवासीबाट रु १० लाख ८९ हजार र स्थानीयवासीबाट सङ्कलन भएको रु एक लाख ४३ हजार गरी अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि राईले बताउनुभयो । 

‘सुन्तले कम्प्युटर सञ्चालन अक्षयकोष’ नाम दिइएको अक्षयकोष स्थापनाका लागि कुवेतमा रहनुभएका सुन्तलेका केदार आलेमगरको नेतृत्वमा रकम सङ्कलन गरिएको जनाइएको छ । अक्षयकोषमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले रु १० हजार, गाउँपालिका प्रमुख शालिकराम बञ्जराले रु २० हजार ५००, उपप्रमुख गोमा मगरले रु पाँच हजार र नेपाल कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता निश्चल खड्काले रु सात हजार रकम उपलब्ध गराउनुभएको अध्यक्ष राईले जानकारी दिनुभयो । 

भौगोलिकरुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै स्थानीयवासीले समेत थोरै शुल्क तिरेर आफ्नै ठाउँमा कम्प्युटर शिक्षा हासिल गर्न पाउने भएपछि सुन्तलेवासी हर्षित भएका छन् । 

तीन सय ७१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा स्थापना गरिएको कम्प्युटर कक्षामा केही दिनमै कम्प्युटर सिक्न चाहने स्थानीयवासीलाई समेत अवसर दिइने सञ्चालक समितिले जनाएको छ । 

विद्यालयमा कम्प्युटर कक्षा स्थापना भएसँगै इमेल÷इन्टरनेट सेवासमेत विस्तार गर्ने तयारी गरिएको प्रअ पोखरेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई