२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

स्थानीय तहमा कर्मचारीको अभाव हुँदैन: मन्त्री पण्डित

१२ भाद्र २०७५, मंगलवार १०:३२

भदौ १२, भक्तपुर | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकसेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन रोक्दैन, आवश्यकताअनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाइन्छ, कर्मचारी अभाव हँुदैन ।” 

भक्तपुरबाट प्रकाशित हुँदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं इ डोलेश्वर डट कम अनलाइन संस्करणको आज आयोजित शुभारम्भ कार्यक्रममा मन्त्री पण्डितले पत्रकारले पनि सही ढङ्गले आफ्नो जिम्मेवारी पूरा गरे कुनै पनि कानूनदेखि डराउनु नपर्ने बताउनुभयो । सरकार, जनता, कर्मचारी, पत्रकार सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री पण्डितले भन्नुभयो, “पत्रकार मित्रहरु गल्ती गर्नुभएको छैन भने देवानी तथा फौजदारी संहिताबाट डराउनु पर्दैन, कुनै दण्ड भोग्नु पनि पर्दैन, यदि गल्ती गर्नुभएको छ भने छुट माग्न पाउनु हुन्न ।” 

कार्यक्रममा सांसद महेश बस्नेतले लोकतन्त्रलाई अराजकतन्त्रका रुपमा लैजान नहुने बताउँदै प्रेसलाई सङ्कुचित बनाउने गरी संहिता आएको हो भने त्यसलाई संशोधन गरेर जान संसद्मा आवाज उठाउन आफू तयार रहेको बताउनुभयो । प्रदेश नं. ३ का प्रदेश सदस्य शशीजंग थापाले पत्रपत्रिका, अनलाइन र सञ्चारमाध्यमले अब विकासका समाचारलाई प्राथमिकता दिनुपर्छ भन्नुभयो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली काँग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापा, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाई, प्रेस अर्गनाईजेसनका केन्द्रीय सदस्य सोम शर्मा (बजगाई), कलाकार जीतु नेपाल, डोलेश्वर दैनिकका व्यवस्थापक जनक गिरी, प्रकाशक सम्पादक पेशल आचार्यलगायतले निष्पक्ष र विभेदरहित समाचारका रुपमा सञ्चार माध्यम अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 

पत्रकारिता पुरस्कार एवं सम्मान 

कार्यक्रममा मन्त्री पण्डितले नगद रु ११ हजार १११ राशिको डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार र सम्मान नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई प्रदान गर्नुभयो । उहाँले राससकर्मी रमेश गिरी, रोशन प्रसाई र विजय धौभडेललाई सम्मान गर्नुभयो । हरेक वर्ष एकजना पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गर्ने आचार्यले घोषणा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य