Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुको लिखुपिके पहिरोको जोखिममा

२०७५, १३ भाद्र बुधबार १०:५२

भदौ १३, सोलुखुम्बु | पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् । 

निरन्तरको वर्षात्का कारण भदौ १ गते घरआँगनबाटै पहिरो गएपछि दुई घर विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक टुक्ति शेर्पाले जानकारी दिनुभयो । “पहिरोले घर नै जोखिममा पर्यो” पहिरो पीडित सुकवीरले भन्नुभयो, “अहिले आफन्तको शरणमा बसिरहेका छौँ ।” 

निरन्तरको वर्षात्का कारण सुख्खा ठाउँबाट नै पानीको मूल फुट्न थालेपछि पहिरो गएको पीडित थामीले बताउनुभयो । “पहिरोले घर वरिपरिको जमीन चिराचिरा भएको छ” अर्का पीडित सुब्बा थामीले भन्नुभयो । पहिरोले घरपरिवार नै विस्थापित भएपछि वडा कार्यालयले व्यवस्थापनको प्रयास शुरु गरेको जनाएको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले पहिरो रोकथामका लागि गाउँपालिकामा छलफल गरी तत्काल व्यवस्थापन गरिने बताउनुभयो । 

पहिरो रोकथामका लागि पीडितलाई जिल्ला प्रशासन कार्यलयअन्तर्गतको दैवी प्रकोप उद्धार समितिबाट १० थान तार जाली प्रदान गरिएको सहायक प्रजिअ शेर्पाले बताउनुभयो । अविरल वर्षात्पछि खोपखर्कबाट निरन्तर पहिरो खस्दा सोताङ चेमेदुको ११ घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष ताराकुमार राईले बताउनुभयो । 

पहिरो नरोकिएपछि स्थानीयवासी त्रसित छन् । स्थानीय लक्ष्मण राईका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीयलाई रात बिताउन गाह्रो भएको छ । बस्ती जोखिममा परेपछि स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सोताङ गाउँपालिका–२ का वडासदस्य नैबहादुर राई बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश