२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अब कसैले चाहेरै पनि क्याम्पस प्रशासन चलाउन सक्दैन: सभापति श्रेष्ठ

२०७५, १४ भाद्र बिहीबार ०५:१३

रिया बस्नेत । भदौ–१४, बुटवल ।  प्रदेश ५ बाट हालै मात्र त्यस प्रदेशको बिशेष अधिकार समितिको सभापतिमा चयन हुनु भएका गुल्मी क्षेत्र नम्वर १ र प्रदेश २ का संसाद कमलराज श्रेष्ठले समितिको क्षेत्र अधिकार बारे जानकारी गराउनु भएको छ ।

उहाँले भन्नु भयो–‘ प्रदेश नियमावली २०७४ को नियम १७४ अन्तरगत गठित विशेष अधिकार समिति हो यो ।  यसले प्रदेश सभा र सांसदहरुको अधिकार हनन हुने गरी परेका उजुरीहरुको छानविन गरी सो को प्रतिवेदन सांसदमा पेश गर्ने छ ।  प्रदेश सभाको बिशेष अधिकार सम्वन्धि अन्य ब्यवस्था प्रदेश सभाको कानुन बमोजिम हुने छ ।

यस समितिले कसैबाट प्रदेश सभाको अपहेलना गरेमा छानविन गर्नेछ । कुनै पनि फौजदारी अभियोग लागेका ब्यक्ति भए त्यस्तो ब्यक्तिलाई आबश्यक कार्वाही वा १० हजार रुपैयाँ जरिवाना देखि तिन महिना सम्म कैद सजाएँ हुनेछ ।

यस्तो जरीवाना सरकारी बाँकी सरह अशुल उपर गरिने छ  । संविधानको अधिनमा रहि यस प्रदेशमा पुर्ण वाक स्तन्त्रको प्रत्याभुती यस विशेष अधिकार समितिले दिने कुरामा भुमिका खेल्ने छ । प्रदेश सभा र यहाँका नागरिकहरुको अधिकार संरक्षण गर्नु नै यस समितिको बिशेष भुमिका रहन्छ ।

अर्को एक प्रशंगमा सांसद श्रेष्ठले  गृह जिल्ला गुल्मीमा केहि राम्रा कामहरु  गर्न सकिएको प्रति सन्तोष ब्यक्त गर्नु भयो । पहिलो त रेसुङ्गा क्याम्पसलाई आंगिक बनाउन गरिएको प्रयास सफल हुन लागेको प्रति खुशी लागेको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘ विद्यार्थीबाट चर्को शुल्क अशुल्ने र टिचरहरुले अन्य क्याम्पसमा भन्दा बढि  सुविधा लिने , सधै हालीमुहाली  जमाई राख्ने  कुराको अब चाँडै अन्त्य हुँदै छ । त्यहाँका केहि तप्काले सुरुमा आफैले आंगिक बनाउने माग त गरे तर जव आंगिक हुने निर्णय भई सके पछि  भई दियो के भने ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने आफ्ना बाउको अनुहार । ’

माग त पुरा हुने भयो तर हालीमुहाली गुम्ने भयो । ९९ प्रतिशत आफ्ना मान्छेको भर्ति केन्द्र हुँदै आएको थियो । अब ति सवै गुम्ने भए पछि केहि मित्रहरुलाई यति बेला असाध्धै छट्पटी छ । सत्य कुरा पत्याउन बढो मुस्कील परेको छ । जे जस्ता प्रतिकृया सामाजिक संञ्जालमा देखिन्छ । त्यसलाई मैले रुवावासी हो भन्ने ठानेको छु ।

हामीले त्यही हालीमुहाली र विद्यार्थीहरु माथीको शोषण दमन विरुद्ध आंगिक बनाउने पहल गरेका हौ र बनाएरै पनि छाड्दै छौं । अब त्यहाँ कसैले चाहेरै पनि क्याम्पस प्रशासन चलाउन सक्दैन  । आंगिक भई सकेपछि सबै माथीबाट आउने छन । 

विगतको जस्तो आलोपालो आफुहरु नै नेतृत्वमा बस्ने दिन गए । म बधाई दिन चाहन्छु सबै बिद्यार्थी भाई बहिनीहरुलाई । ’

दोश्रो उहाँले सडक तथा पुल डिभिजन कार्यालय र खानेपानी तथा सिंचाई डिभिजन कार्यालय गुल्मी मै लैजान पाएकोमा सन्तोष ब्यक्त गर्नु भएको हो । उहाँले थप्नु भयो –‘गुल्मीबाट निर्वाचित हामी सवै सांसदहरु लाग्यौ । यसमा बिशेष जोड हालै नेकपा गुल्मीको अध्यक्ष पदमा सिफारिस हुनु भएका वालसिंह काउछा र निर्माण ब्यवसायी संघका अध्यक्ष नारायणप्रसाद पोखरेलको रह्यो ।

हामीहरुलाई यस कार्यमा कजाउने भनेको उहाँहरु दुई जना हो । तिन तिन पटक भौतिक योजना मन्त्री वैद्यनाथ चौधरी ज्युकहाँ र मुख्यमन्त्री शंकर पोखरेलकहाँ पुग्यौं । उता रेसुङ्गा नगरपालिकाका मेयर काठमाण्डौं पुगेर संघिय सरकारकारका मन्त्रीद्धयः प्रदिप ज्ञवाली ज्यु र गोकर्ण विष्ट ज्युकहाँ पुगेर उहाँहरुलाई आग्रह गर्नु भयो । यस बिचमा हामीले ति डिभिजनहरु गुल्मी लैजान ठुलो कसरत गर्नु परेको थियो ।

प्रदेशका  सवै योजनाहरु सोही डिभिजनले हेर्ने छ । हिजो हामी पाल्पाको डिभिजन कार्यालयबाट निकै शासित हुनु परेको थियो । केहि राष्ट्रिय महत्वका केन्द्रिय सरकारको योजना मात्रै पाल्पाले हेर्नेछ । प्रदेश सरकारको योजनाहरुका लागि अब पाल्पा, अर्घाखाँचीका उपभोक्ता समेत गुल्मी आउनु पर्नेछ ।

यसबाट गुल्मीका उपभोक्ताहरुलाई सुविधा मात्रै भएन । मानिसहरुको आवत जावत बढ्ने भए पछि गुल्मेलीहरुको आय श्रोत समेत बढ्ने निश्चित छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि गुल्मीको सोही हितलाई मध्ये नजर गरी गुल्मेली सांसद सवैले पहल गरेको प्रतिकृया दिनु भएको छ । असौज भित्रमा सदरमुकाम तम्घासमा ति कार्यालयहरु स्थापना गर्ने गरी अगाडी बढिएको मन्त्री बरालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस