२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यसरी पलाउँदै छ सुक्न थालेको सदरमुकाम तम्घास

२०७५, १४ भाद्र बिहीबार ०६:३३

प्रेम सुनार | भदौ–१४, बुटवल। पहिलो कुरा त गत वर्षको वजेट भाषणमा मदन भण्डारी लोक मार्ग  जस्तो राष्ट्रिय गौरवको योजना पारियो र रकम विनियज पनि भयो । जसले  सवै गुल्मेलीहरु हर्षित हुनु पर्ने देखिन्छ । पुर्वी झापा देखि सुदर पश्चिमाञ्चलका मानिसहरु यहि गुल्मीको रिडी तम्घास हुँदै आवत जावत गर्ने छन ।


अर्को कालिगण्डकी कोरिडोर सम्पन्न भई सके पछि उत्तर चिन देखि दक्षिण भारत सम्मका मानिसहरुको पनि त्यतिकै आवत जावत बढ्ने छ । केहि दिन अघि गुल्मी आएका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भन्दै थिए मदन भण्डारी लोकमार्ग योजना पार्नका लागि आफुसहित अर्का मन्त्री गोकण विष्टको समेत त्यति नै पहल रह्यो ।

हामी झिना–मसिना योजनामा भन्दा पनि दिगो विकास र जनतालाई प्रत्यक्ष समृद्धिको दिशामा डोराउने खालका ठुला र  महत्काँक्षी योजनाहरुमा हात हाल्दै छौं । जसले केहि वर्ष भित्रैमा गुल्मेली जनताको मुहार फेर्न सकोस् । 

मन्त्री ज्ञवालीका अनुसार अर्को दिगो विकास  जन समृद्धिको तेश्रो विकास हुँदै छ रेसुङ्गा विमान स्थलमा परिक्षण उडानको आफै उद्घाटन गर्न आएका ज्ञवाली अब त्यस विमान स्थलमा नियमित उडानका लागि काम धमाधम सुरु हुने बताएका थिए ।

उक्त विमान स्थल नियमति हुन साथ सिमिचौमा वजारीकरण सुरु हुने छ । यता सदरमुकाममा पनि मानिसहरुको चहल पहल बढ्ने  छ । मन्त्री ज्ञवालीले रेसुङ्गामा  केवुलकार सञ्चालनका  लागि पनि अध्यान र परामर्श सुरु गरी सकेका छन । चन्द्रगिरी केवलकारका सञ्चालक चन्द्र ढकाललाई उनले त्यसका लागि संगै लिएर आएका थिए ।

स्थानियले साझा सोच राखेर  तल स्टेशनका लागि जग्गा उपल्ब्ध गराए रेसुङ्गामा केवुलकारको सम्भावना रहेको उनले बताएका थिए ।  केवुलकार सञ्चालनमा आउन सके सदरमुकाम तम्घासको चहल पहल थप बढ्ने छ । अर्का मन्त्री गोकणराज बिष्टका अनुसार  उनका क्षेत्रका सवै कच्ची सडक पक्की गर्ने कार्य धमाधम भई रहेको छ र छिट्टै कालोपत्रे हुने छ ।

सिमलटारीमा शव स्टेशन निर्माण गरिने  प्रारम्भिक कार्य सुरु भई सकेको छ । सवै स्थानमा स्टीलको पोल फेर्ने कार्य पनि सुरु भई सकेको छ । राङ्गदालमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने कार्य पनि सुरु भई सकेको छ ।  

त्यो सम्पन्न भई सके पछि सदरमुकाम र त्यस क्षेत्रमा मानिसहरुको चहल पहल बढ्ने छ । पछिल्ला दुई महत्वपुर्ण कुराहरुले स्थानिय तह बने पछि सुक्न थाली सकेको सदरमुकाम फेरी पलाएर झाङ्गिने निश्चित जस्तै भएको छ ।

पछिल्लो पटक दुई वटा जुन महत्वपुर्ण कुराहरु आएका छन त्यसले निरास भई सकेको यहाँका ब्यवसायीहरुलाई उत्साहित पारेको छ । एक रेसुङ्गा क्याम्पस आंगिक हुने तयारीमा छ । आंगिक भई सके पछि छिमेकी जिल्लाबाट पनि विद्यार्थीहरु पढ्न आउने छन ।

अर्को सडक र खानेपानीका दुई डिभिजन कार्यालय पनि गुल्मी कै तम्घासमा स्थापना हुँदैछन । सडक तथा पुल डिभिजनको काम लिएर अब पाल्पा र अर्घाखाँचीका उपभोक्त समेत आउनु पर्ने भएकोले मानिसहरुको चहल पहल ह्वात्तै बढ्ने छ ।  धर्मिक स्थल रेसुङ्गाको पर्यटकिय विकासको काम पनि  भई  रहेको छ ।

त्यस वरीपरी रिङ्गरोड निर्माण कार्य भई रहेको छ ।  

त्यसबाट पनि मानिसहरुको चहल पहल बढ्ने छ ।  स्थानिय तह पछि जग्गाको कारोवार समेत घट्दै गरेको र  विशेष गरी यहाँका होटल ब्यवसायीहरु अन्यत्र पलायन भई रहेको अवस्थामा बाँकी रहेकाहरु अब निरास हुनु पर्ने अवस्था छैन । केहि समयको धैर्यतापछि  तम्घासको ब्यापार पहिला भन्दा बढि फस्टाउने छ । अर्को कुरा गाउँमा ब्यबसायीक कृषि उत्पादन र पशुपालन ब्यवसाय एक पछि अर्को हुँदै फस्टाउँदै छ ।

केही गाउँहरुमा होमस्टे सञ्चालन हुँदै छ । धुर्कोट गाउँपालिकाले दशै सम्म हाडहाडेमा होम स्टे सञ्चालनमा ल्याँउदै छ । भार्सेमा पनि होम स्टे सञ्चालनका लागि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोच अगाडी बढाएका छन ।

सञ्चालनमा आई रहेको कुर्घाको स्वाँरा होमस्टेको विकासका लागि मन्त्री वरालले गत वर्ष ठुलो रकम प्रदेशबाट विनियोजन गराए । ठुलो लुम्पेक,  जुभुङ्ग, बडागाउँ, वलिथुम लगायतका थुप्रै जनजाती वस्तीहरुमा होमस्टेको प्रचुर सम्भावना छ । यस प्रति जनप्रतिनिधीहरुको ध्यान जान सके समृद्धिको गन्त्व्य भेटाउन धेरै लामो बाटो हिड्नु पर्ने देखिदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस