२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिवशक्ति महायज्ञमा भक्तजनको घुइँचो (७ तस्विर हेर्नुहोस्)

२०७५, १४ भाद्र बिहीबार ०७:०३

राम नारायण पंडित | भदौ १४, सिरहा। मिर्चैयामा भईरहेको शिवशक्ति महायज्ञमा भक्तजनहरुको घुईचो बढ्दै गएको छ । विश्व शान्तिको उद्धेश्यले मिर्चैया नगरपालिका वडा नं. ६ मटियर्वा स्थित बतहा खोलामा आयोजना गरिएको शिवशक्ति महायज्ञमा पुजापाठ गर्न तथा यज्ञ भर्नका लागि आउने दर्शनार्थीहरुको घुईचो लागेको आयोजकले बताए । 

महायज्ञको मुख्य आकर्षण अयोध्याका रामलिला रहेका छन् । पौराणिक कालको झझ्ल्को दिने किसिमले मंचन भइरहेको रामलिलाले दर्शकहरुलाई मन्त्रमुग्ध गरिरहेका छन् । प्रत्येक राति भइरहेको रामलिला हेर्नका लागि बिभिन्न स्थानबाट आएका दर्शनार्थीहरुले थप रौनक बढाएका छन् । 


देश र समाजमा बढ्दै गएको हत्याहिंसा, बलात्कार, अत्याचारलाई न्युन गर्ने उदेश्यले आयोजना गरिएको महायज्ञले मानव प्राणीमा सदाचार,सदभाव र भाईचारा बढ्नुको साथै धर्मप्रतिको आस्था जाग्ने अपेक्षा गरिएको छ । समाजमा समाजिक परम्परा भड्किने र आँच आउने किसिमको नृत्य कार्यक्रमलाई बिस्थापित गरी संस्कृति र परम्परालाई जागाउँनका लागि अयोध्याको रामलिलाको आयोजन गरिएको महायज्ञ आयोजक समितिका उपाध्यक्ष संजिब यादबले बताए ।

हरिद्धार उतराखण्डका श्री श्री १०८ श्री बाल व्यास मौनी बाबा र तान्त्रिक बाबा महाराज बिक्रम दासको प्रमुख आयोजनामा भईरहेको महायज्ञमा मटियर्वावासीको सहयोग रहेका छन् ।  

भदौ १० गतेदेखि सुरु भएको महायज्ञ भदौ १८ गते सम्म चल्ने उपाध्यक्ष संजिब यादबले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस