2026-10-25 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रियता जोगाउन नयाँ सहमति चाहियो: एकराज भण्डारी

पुस ४, सल्यान । जनअधिकार अभियान नेपालका केन्द्रिय अध्यक्ष एकराज भण्डारीले अवको राजनीतिक निकासका लागि नयाँ ढंगबाट राजनीतिक सहमति गर्नुपर्ने बताएका छन । पुर्व सभाषद तथा अधिवक्ता समेत रहेका भण्डारीले सबैको सहमतिबाट राष्ट्रियताको आन्दोलन गर्नसके देशले सहि निकास पाउने बताएका छन ।

उज्यालो संचार केन्द्रद्वारा संचालित रेडियो तहल्काले गरेको सवाल जनअपेक्षा, वर्तमान परिस्थिती र अवको निकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकातिर संविधान सभामा सहभागि केहि दलले जारि गरेको संविधान र संविधान सभाको विरोधी माओवादीले जारी गरेको प्रस्तावित संविधानका विचमा कुनै न कुनै तवरले छलफल हुने त्यसले नै देशलाई निकास दिने बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य अनुवम सिंह श्रेष्ठले यतिबेला आफुहरु आफ्ना केहि कुरालाई थाँति राखि सरकारमा सहभागि भएको बताएका थिए ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपा माओवादी का केन्द्रिय सदस्य मोहलाल चन्द आधारले आफुहरु बन्दुक नबोक्ने तर जवरजस्ति मान्छे मार्दै संविधान लाद्न खोजे त्यसको प्रतिवाद जनता आफैले गर्ने बताएका थिए । कार्यक्रममा नेपाली कागे्रशका सभापती गणेश चन्द, नेकपा एमाले सल्यानका उपाध्यक्ष गोविन्द पुन , ए ने.क.पा माओवादी सचिव निम बहादुर के.सी, ने.क.पा क्रान्तिकारी माओवादी सहसंयोजक जित बहाुर पुन ,राप्रपा का सचिव दुर्गा सिंह रावत, ने.क.पा माओवादीका सेक्रटरी डिल्ली राज शर्मा, राष्टिय जनामुक्ति पार्टीका अध्यक्ष खड्ग बहादुर पुन लगाएत ३५ बढी सर्बसाधारणले बर्तमान राजनीतिक परिस्थिती र अवको निकासका विषयमा अन्तरक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने