2026-10-05 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा हुलाक सेवा प्रभावित

भदौ १४, सोलुखुम्बु | यहाँको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज नआउँदा यात्रुसँगै हुलाक सेवा प्रभावित भएको छ । 

सदरमुकाम नजिकैको उक्त विमानस्थलमा एक महिनादेखि नेपाल एयरलाइन्सको विमान आउन सकेको छैन । नेपाल एयरलाइन्स फाप्लुका इञ्चार्ज गणेश श्रेष्ठका अनुसार मौसम प्रतिकूलताका कारण विमान सोलुखुम्बु आउन नसकेको हो । 

हुलाक विभाग र नेपाल एयरलाइन्सबीच चिट्ठीपत्र (डाँक) बोक्ने सम्झौता भएको छ । सोलुखुम्बु र राजधानीसँग अन्तरसम्बन्धित चिट्ठीपत्र ढुवानीका लागि नेपाल एयरलाइन्ससँग सम्झौता भएपनि विमान नआउँदा हुलाक सेवा नै प्रभावित बनेको छ । 

जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका प्रमुख लक्ष्मी आचार्य पराजुलीले भन्नुभयो, “एक महिना भयो, विमान आएको छैन, अन्य विमानमा पठाउँदा जोखिम हुन्छ ।” प्रमुख पराजुलीले भन्नुभयो, “विमान आएन भनेर पत्र नै नलैजाने भन्ने कुरै आएन, पत्र लैजाने विकल्प सडक यातायात हो ।” 

जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा दर्ता भएका २८ केजी चिट्ठीपत्र केही दिनअगाडि मात्र गाडीमार्फत काठमाडौँ लगिएको छ । गत साउन २२ देखि भदौ १० गते सम्मको पत्र भदौ ११ गते गोश्वारा हुलाक कार्यालय काठमाडौँमा बुझाइएको छ । कार्यालयका हलकारालाई कर्मचारीले रकम सङ्कलन गरेर पठाइएको कार्यालयको भनाइ छ । 

“अन्य माध्यमबाट पत्र ढुवानीका लागि कुनै स्रोत छैन“, हुलाक प्रमुख पराजुलीले गुनासो पोख्नुभयो, “विभागमा गाडीको व्यवस्थापन गरी दिन आग्रह ग¥यौँ तर सुनुवाइ भएन ।” कर्मचारीहरुको सम्पत्ति विवरण बुझाउने काम हुलाक कार्यालयमार्फत भइरहेको छ । आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । हुलाक कार्यालयका सूचना अधिकारी सञ्जय राईले भन्नुभयो, “सम्पत्ति विवरण बुझाउने समय भएकाले डाक पनि धेरै भयो, विभागबाट हवाईजहाजको विकल्प नखोजेपछि हामी आफैँले व्यवस्थापन गरेका हौँ ।” 

विभागले अन्य माध्यमबाट पठाउनका लागि रकम पनि उपलब्ध नगराएकाले कर्मचारीहरुले नै मिलेर रकम व्यवस्थापन गरी कर्मचारीको आवतजावतको प्रबन्ध गरेर गाडीमा पत्र पठाइएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ । सङ्घअन्तर्गतको हुलाकमा कर्मचारीको तलबबाहेक अरू रकम नभएकाले समस्या भएको कार्यालयका प्रमुख पराजुलीको भनाइ छ । हिमाली जिल्ला सोलुखुम्बुमा केही वर्षयता भने राजधानीबाट सिधा यातायात जोडिएको छ । २५० किलोमिटर बढी दूरीको यस मार्गमा जीप सेवाले एक हजार ४०० र बस सेवाले एक हजार रुपैयाँ प्रतिव्यक्ति भाडा लिने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो