नन्द बहादुर रोकाया | भदौ १४, मुगु | मुगुमा यति बेला जात्राका कारण मुगु सदरमुकाम गमगढीमा रौनकता छाएको छ । ११ गते गाईजात्राले मुगु सदरमुकाम गमगढीमा दिनानुदिन रौनकता छाउँदै गहेको छ ।

जात्रा हेर्न स्थानीय गाउँ गाउँबाट आउने गरेका छन् | त्यस्तै टाढा टाढाका मानिसहरु जात्रा हेर्न कै लागी सदरमुकाम गमगढीमा डेरा गरेर भएपनी बस्न थालेका छन्। मुगुमा जात्रा २०५८ सालबाट मनाउन शुरु गरीएको भएपनी केहि बर्ष विविध कारणले जात्रा बन्द भएको थियो ।

तर सबैको सक्रियमा पुन जात्रा सुचारु गरीएको जात्रा समितिका अध्यक्ष लोग जग मल्लले बताउनुभयो । जात्रा मुगु भन्दा पहिला जुम्लामा मनाउने गरेको र पछी जुम्लाकैको सहयोगमा मुगुमा पनी मनाउन थालिएको अध्यक्ष मल्लको बताए ।

८ दिन सम्म सञ्चालन हुने जात्रा १७ गते श्री कृष्ण अष्टमिको दिनमा कृष्ण जन्माई १८ गते लाखे काटेर जात्रा सकिने छ । जात्रा नेवार समुदायको मुख्य पर्व भएपनी पछील्ला बर्षहरुमा यो पर्व सबै जातजातीले मनाउने गरेका पाईन्छ। काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लका नाबालक छोरा चक्रवर्तेन्द्रको अकल्पनीय मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै हाम्रामात्र होइन, अरुका सन्तानको पनि मृत्यु हुने गर्छ भन्ने सन्देश दिन राजाले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन उर्दी दिएपछि यहि कुराले पछि आएर गाईजात्राको स्वरुप लिएको जानकारहरुको भनाई छ ।

मुगुमा जात्राको रौनकता (९ तस्बिरमा हेर्नुहोस्)
By kit
4 मिनेट पढाइ