२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यौन उत्पिडन सहँदै ज्यान गुमाएकी नमुनाका श्रीमान कष्टडीमा

२०७५, १५ भाद्र शुक्रबार ११:३९

प्रेम सुनार | बुटवल,  १५ भदौ ।  केहि दिन अघि रुपन्देहीको कोटीहवामा झुण्डिएको अवस्थामा मृत फेला परेकी एक महिलाका श्रीमान श्रीमती हत्या आरोपमा प्रहरी कष्टडीमा परेका छन । मृत्युको  आठ दिन अघिसम्म श्रीमानको पटक पटकको यौन उत्पिडन  सहन नसकेको पिडा बाबु आमालाई समेत सुनाउन बाध्य भएकी  तिलोत्तमा –१५ कोटीहवाकी २४ बर्षिय नमुना लम्साल घिमिरे आफ्नै घरको पंखामा साउन २८ गते झुण्डिएको अबस्थामा मृत फेला परेकी थिईन  । 

उनलाई आफ्नै श्रीमान धुर्ब भनेर चिनिने धिरज घिमिरेले हत्या गरी झुण्डिाएको आरोपमा प्रहरीले उनलाई  नियन्त्रणमा लिई मुद्धा चलाईएको बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिल्ली मल्ल आज जानकारी दिएका हुन ।  गत माघ २४ गते नमुनाको पेशाले ईञ्जिनियर घिमिरेसंग मागी बिबाह भएको थियो । बिबाह  पछि श्रीमानको यौन उत्पिडनबाट उनि पाठेघरको समस्यामा थिईन । मृत्युको केहि दिन अघि मात्र उनले पाठेघरको अप्रेशन गरेकोले दुखाईको पिडामा थिईन । उनि कोठाबाट निस्कन नसक्ने र भित्रै स्यार सुसार गर्नेहरुको खाँचो थियो । 

सुरुमा सैनामैना नगरपालिका–२, सोरौलीका नमुनाका बाबु गोविन्द प्रसाद लम्सालले किटानी प्रहरीले किटानी जाहेरी दिन जाँदा प्रहरीले  लिन मानेको थिएन । त्यस विरुद्ध नमुनाका माईतीजनले प्रहरी कार्यालय घेराउ र नारावाजी लगायतको दवाव दिएपछि बल्ल प्रहरी जाहेरी लिएर उनका श्रीमानलाई पक्राउ गरेको थियो । 

‘‘छोरीको संकास्पदरुपमा हत्या गरिएको र नयाँ कानुन लाग्नुपूर्व नै बदनियत ढंगले हत्या गरेर पंखामा झुडाएको हो ।  माइत गएर फर्केको  ८ दिन पछि यस्तो घटना भयो,नानुले माइत आउदा आफूलाई श्रीमान्ले जर्बजस्ती यौन उत्पिडन दिने, हिंसा गर्ने गरेको सुनाउथिन्, अहिले यसरी हत्या नै गरियो –नमुनाका बाबुले यस्तो बताउँदै आएका छन । 

नमुना त्यस्तो अवस्थामा मृत फला परेको जानकारी उनका ससुराले बाबुलाई गराएका थिए । घिमिरेका परिवार राजनैतिक पहुँच भएको हुँदा प्रहरीले सुरुमा मुद्धा दर्ता गराउन नमानेको माईतीजनको आरोप रहेको छ । डिएसपी मल्ले भने –‘ कुनै पनि दवावमा नपरी निजलाई  १२ दिन अघिदेखि नियन्त्रणमा लिई मुद्धा चलाईएको छ र सुक्ष्मढंगले अनुसन्धान गरिदैछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्