२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मिर्गौला पीडितलाई वैदेशिक सहयोग

२०७५, १६ भाद्र शनिबार ०४:५६

भदौ १६, झापा | झापा गौरादह–९ का मिर्गौला पीडित बोधराज खनालको उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । 

अष्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका नेपालीले खनालको उपचारका लागि रु ८० हजार उपलब्ध गराएका हुन् । स्थानीयवासीले कृष्ण गौतमको नेतृत्वमा ‘बोधराज खनाल बचाऊ’ अभियान सञ्चालन गरिएकाले बालकल्याण मावि महाभाराका पूर्व विद्यार्थीले सोही विद्यालयमा कार्यरत भीमप्रसाद खनालका छोरा बोधराजको उपचारका लागि सहयोग जुटाएका हुन् । 

उक्त विद्यालयका पूर्व विद्यार्थी तथा अष्ट्रेलियास्थित झापाली समाजका उपाध्यक्ष नेत्र पौडेलको नेतृत्वमा सङ्कलित रु ७० हजार बिहीबार पीडितको घरमै जनप्रतिनिधिको रोहबरमा परिवारलाई प्रदान गरिएको थियो । 

सो रकम उपाध्यक्ष पौडेलका बुबा खेमकुमार पौडेल र गौरीगञ्ज गाउँपालिका–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले खनाले हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी बैगुनधुरा घर भई हाल अमेरिकामा बस्दै आउनुभएकी जीना ढुङ्गानाले पनि पीडित परिवारलाई रु १० हजार सहयोग गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै