२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा नदीले जग्गा बगाउन थालेपछि …

१६ भाद्र २०७५, शनिबार ०६:१६

भदौ १६, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका–११को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन् । 

उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्वासी परिवार विचल्लीमा परेका हुन् । नदीले बस्दै आएको जग्गा कटान गरी गहिरो खोला बनाएको र सडकबाट झरेको पानीले समेत जग्गा कटान गर्न थालेको गुनासो गर्दै स्थानीयवासी मानध्वज लुहारले भन्नुभयो, “पहाडी क्षेत्रमा केही नहुँदा तराई झरेका थियौँ अहिले बस्दै आएको जग्गासमेत बाढीले कटान गरी बगाउन थालेपछि कुन ठाउँमा जाने भन्ने चिन्ता बढ्न थालेको छ ।” 

नदीले धमाधम जग्गा कटान गरी बगाउन थालेपछि जीउ जोगाउनका लागि सुरक्षित स्थानको खोजीमा लाग्नुपरेको पीडित कलावती लुहारले बताउनुभयो । तीन परिवार बस्दै आएको झोपडी नदीले बगाउने अवस्थामा पुर्याएकाले उनीहरु छिमेकीको झोपडीमा सरेका छन् । 

नदीमा बाढी आए झोपडी बगाउने डरले बस्दै आएको ठाउँ छाडेर वर्षाको पानीमा भिज्दै बालबालिकासहित अनिँदोमै सडकमै रात बिताउनु पर्ने अवस्था रहेको अर्का पीडित माघी रावतले उल्लेख गर्नुभयो । 

डेढ दशक अघिदेखि अस्थायी रुपमा श्रीकृष्ण सामुदायिक वन छेउ १२ परिवार सुकुम्वासी बस्दै आएका छन् । नदीले जग्गा बगाउन थालेपछि सुरक्षित स्थानमा सारीदिन माग गर्दै वडा र नगरपालिका कार्यालयमा निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो