Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कर्णाली प्रदेशका मन्त्री ज्वाला र खत्रीद्धारा विभिन्न ठाउँको अनुगमन

By kit 4 मिनेट पढाइ

इन्द्र बुढाथोकी | भदौ १६, सल्यान। पश्चिम सल्यानको विभिन्न ठाउँमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक योजना तथा यातायात मन्त्री खडक बहादुर खत्रीले विकासको अनुगमन गर्नु भएको छ ।

मन्त्रीद्धयले देवस्थल कैनकाडा चौरजहारी सडकको अनुगमन गर्नु भएको छ । उक्त सडक अनुगमननको क्रममा काम भैरहेको ठाउँमा संतोषजनक भएको र आउदो बाकी काममा आफुहरुले तत्काल पहल गरेर छिटोभन्दा छिटो काम गर्ने लगाउने  र यस सडकको लागि प्रदेश सरकारको तर्फबाट स्तर वृद्धिको लागि आवश्यक बजेट विनियोजन गर्ने मन्त्री खत्रीले आशवासन दिनु भएको छ । अहिले देवस्थल चौरजाहारी सडकमा नाथेखोलामा पुल निर्माणकार्य र सल्लीबजार देखि ५ किलोमीटर स्तर वृद्धि काम भैरहेको छ ।

साथै बनगाड कुपिण्डे नगरपालिकाको एउटा मात्रै क्याम्पस बनगाड क्याम्पसको पनि अनुगमन गर्नु भएको छ । क्याम्पस अनुगमनका क्रममा क्याम्पसमा अब शिक्षा विषय भन्दा पनि प्राबिधिक विषय तिर जोड दिनु आग्रह गर्नु भएको छ ।

क्याम्पस विकासको लागि योजना बनाएर अगाडि बढेमा प्रदेश सरकार सधै सहयोगको लागि तयार रहेको मन्त्री ज्वालाले बताउनु भएको छ  । क्याम्पस प्रमुख विरेन्द्र शाहिले तत्काल बजेट व्यवस्थापन गरि सुर्खेत सिम्ता क्याम्पस र बनगाड क्याम्पसका विद्यार्थीलाई सल्यान खलंगा परिक्षा दिन जाने व्यवस्थाको अन्तय गरिदिनको लागि बजेटको व्यवस्थापन गरिदिन मन्त्री ज्वाला लाई अनुरोध गर्नु भएको छ ।

अनुगमन कै क्रममा गत जेष्ठ २८ गते राती आएको  अविरल वर्षाका कारण बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारको गैली बजारमा आएको बाढिले क्षेती पुगेकालाई प्रदेश सरकारको तर्फबाट बाट सक्दो राहत मन्त्री ज्वालाले बताउनु भएको छ । वास्तविक क्षेतिको विवरणको मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालय बाट प्रदेश सरकार पठाउन बाढी पीडितहरुलाइ अनुरोध गर्नु भएको छ । छिन्चु जाजरकोट सडक खण्डको बनगाड खोलामा बन्दै गरेको पुलका कारण जेष्ठ २८ गते बाढी आएको थियो ।