2026-09-19 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पाँच दिनदेखी एक पुरुष बेपत्ता

चिसाङ शेर्पा | भदौ १६, खोटाङ | खोटाङमा एक पुरुष पाँच दिनदेखी बेपत्ता भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ किउरेनी पूरानो गाउँका ३९ वर्षीय कमल बहादुर घिमिरे बेपत्ता भएका हुन् ।

जिल्ला अस्पताल चोक नजिक दुध डेरी सञ्चालन गर्दै आएका घिमिरेले दुध डेरीबाट भदौ १२ गते बिहान ४ बजे आफ्नो जेठी छोरीलाई फोनमा घर हिडेको बताएपछि बेपत्ता बनेका उनका श्रीमती कृष्ण कुमारी घिमिरे जानकारी दिईन् । कमलका श्रीमतीका अनुसार बेपत्ता भनेपछि भदौ १३ गते राती ९ बजे ‘घर आउँदिन छोरीलाई घरमा झार्नु म उपवासमा छु ।’ तथा १४ गते राती ९ बजे ‘म घर आउँदिन गर्न सक्ने काम गर्नु’ भनेर फोन अफ भएको थियो ।

बेपत्ता बनेका क्रिष्चयन धर्मावलम्बी घिमिरे आफन्त, छरछिमेकमा नभेटिएको पाइएको छ । परिवारलाई शंकास्पद लागेका स्थानहरुमा खोजी गर्दा समेत फेला नपरेपछि शनिवार खोजीका लागि प्रहरीमा उजुरी दिएको सालो पृथ्वी नारायण आचार्यले बताए । बेपत्ता भएका घिमिरको १ छोरा ४ छोरी रहेको छ ।

पिडित परिवारको निबेदन अनुसार खोजतलास गर्ने खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई