२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आय आर्जनमा लाग्न आवश्यक: ढुंगेल

२०७५, १६ भाद्र शनिबार ११:५५

भाद्र १६, मकवानपुर | प्रदेश नंम्वर ३ का अर्थमन्त्री कैलास ढुंगेलले आय आर्जनमा लाग्न आवस्यक रहेकोमा जोड दिनुभएको छ ।  रामेछाप काभ्रे मैत्री समाज मकवानपुरले आज हेटौडामा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुंगेलले रोजगारी प्रबद्धन गर्नको लागि प्रदेश सरकारसँग पर्याप्त रकम रहेको र त्यसको सदुपयोगका लागि युवाहरुले रोजगारीतर्फ आकर्षित हुनुपर्ने बताउनुभयो । युवाहरुले सिप सिक्न र आय आर्जनको लागि मात्रै रकम माग्नु पर्ने र विलासी आवस्यकताका लागि रकम नमाग्न आग्रह गर्नुभएको छ।  रोजगारी सृजना गर्नेखालका तालिम प्रदान गर्न र स्वरोजगार बन्न चाहनेहरुको लागी आवस्यक सम्पुर्ण सहयोग प्रदेश सरकारले गर्ने पनि उहाँले बताउनुभयो । मकवानपुरको फलफुल, जडिवुटी, मेसिनरी, सैलुङ जस्ता थोरै लगानिमा आम्दानी गर्न सकिने पेशा नेपालीहरुले कमै गर्ने गरेको र सहज ब्यवसायमा विदेशीहरुको प्रभुत्व रहेको भन्दै यहिँका युवाले यस्ता पेशा ब्यवसाय गरे आफुले लगानीको ५० प्रतिशत बरावर सहयोग गर्नेपनि अस्वासन दिनुभयो ।

कार्यक्रममा बोल्दै योजना अयोगमा सदस्य स्याम बस्नेतले ३ नंम्वर प्रदेशले ५ बर्षमा नेपाललाई एसियाको राम्रो राष्ट् बनाउन महत्व पुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । त्यस्तै  एसियाली राष्टको दाजेमा १० बर्षमा नेपाललाई पुर्याउने गरि प्रदेश सरकारले पहल कदमी गर्नको लागि परेको बताउनुभयो । प्रदेशकै सन्दर्भमा पनि समुन्नत प्रदेश बनाउनको लागि र दिनरात प्रदेश सरकार खटिरहेको बताउनुभयो ।  दिर्घकालिन योजनाका साथ सरकार लागेको र ५ बर्षमा नतिजा देखिनेगरि काम भइरहेको बताउनुभयो । 

 यसै विच रामेछाप काभ्रे मैत्री समाजको आज भएको भेलाले रमेश पौडेलको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ। समितीको उपाध्यक्षमा मान वहादुर लामा,सचिवमा सुकदेब काफ्ले र सचिवमा लक्ष्मि गौतम चयन हुनुभएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस