२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडामा भगवान राधाकृष्णको भब्य रथयात्रा निकालिने

२०७५, १६ भाद्र शनिबार ११:५८

भाद्र १६, मकवानपुर | भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भोली भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदै  छ । पर्वको अवसरमा भोलि हेटौडामा भगवान राधाकृष्णको भब्य रथयात्रा निकालिने भएको  छ । भुटनदेवी मन्दिर ब्यवस्थापन समितीको अयोजना र हेटौडा १० नंम्वर वडाका टोल विकास संस्थाहरुको सकृयतामा रथ यात्रा निकालिने भएको हो । दिउसो १ बजे रथा निकाल्ने र ४ बजे सम्म बजारका विभिन्न स्थानमा परिक्रामा गराउदै दर्शनाथीलाई रथा झुलाउने अवसर प्रदान गरिने कार्यक्रम रहेको समितीका अध्यक्ष राममान श्रेष्ठले बताउनु भयो । रात्रीको समयमा कृष्ण जन्मिने विस्वास रहेपनि विभिन्न अनैतिक गतिविधी हुनसक्ने भन्दै रात्रीकालीन कार्यक्रम नरहेको र रथयात्राको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।  

भगवान् श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । राक्षस कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंसले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीको कोखबाट श्रीकृष्णको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस