प्रेम सुनार | भदौ १७, बुटवल । विवाह गरेको छोटो समयमै श्रीमानको मृत्यु भए त्यसको दोष महिलाको कर्मलाई मात्र दिईन्छ । ‘कुलक्षणकी भएर लोग्ने खाई’ भन्दै थप पिडा दिईन्छ । यहाँसम्मकी श्रीमान उ आफै र आफ्नै कारणले झुण्डिएर मर्दा समेत त्यसको दोष तिनै महिलालाई दिएर उनको चरित्रमा समेत प्रश्न चिन्ह खडा गर्न खोजिन्छ ।
गत वर्ष विवाहको एक हप्ता नहुँदै अर्घाखाँचीको सन्धिखर्कमा झुण्डिएको अवस्थामा मृत फेला परेका हरिप्रसाद भट्टराईकी श्रीतिलाई पनि त्यहाँको समाजले त्यस्तै पिडा दिईरहेको छ । पढ्न भैरहवामा बसेकी उनलाई अर्कै संग विवाह गरेर हिडी भन्ने हल्ला समेत गाउँमा फिजाईयो ।
उनि भन्छिन–‘ त्यसै त म यस्तो पिडामा छु , त्यस माथी मलाई अनेक कुरा काटेर थप पिडा दिने गरिएको छ । जाँच चलिरहेको छ, म पढ्न मै ब्यस्त छु, अर्को विवाहबारे अहिल्लै केहि सोच्न समेत सकेकी छैन ।’ २० वर्षको उमेर नपुग्दै विवाहको एक हप्ता मै वियोगको पिडामा उनि छट्पटाउँदाको दृश्य देखेर साराको आँखामा आँशु बगेका थिए ।
त्यस्तै , दुई बर्ष अघि गुल्मीको हुँगामा झन सुहागरात कै विहानपख बेहुला झुण्डिएको अवस्थामा फेला परेका थिए । एउटै कोठामा सुतेका बेहुला बेहुली संगै विवाहनपख जागे । पिशाप फेरेर आउँछु भन्दै बेहुला बाहिर निस्के । ढिला गरे पछि बेहुली छिटो आउनुस के, कता जानु भयो ? भनेर म्याजेज पठाईन । रिप्लाई भएन ।
त्यस पछि बाहिर निस्केर खोज्दै जाँदा घर नजिकैको रुखमा बेहुला झुण्डिएको अवस्थामा मृत फेला देखिन । उनि उहि ढलिन । चार पाँच दिन सम्म अचेत अवस्थाकी हुँदा उनलाई अस्पताल पुराईयो । अघिल्लो दिन सिन्दुर राखेको सिउँदो मै रातम्मे थियो ।
पुछियो अर्को दिन विहान उनको सिन्दुर । अघिल्लो दिन राती अवेर सम्म बाजा तालमा संगै नाचेका उनै बेहुलाको अन्त्यिष्टिका बेला अन्तिम चेहेरा समेत देख्न पाईनन उनले अस्पातमा भएकोले । त्यस्तो छिनभर मै वियोगको पिडामा रहेकीलाई समेत भन्ने शव्द र हेर्ने नजर समाजको सकारात्मक बन्न सकेन ।
प्रकृतिले दिएको यौवन रुपी ईच्छा आंकाक्षाहरु मन मै दवाएर राख्न विवस त्यस्ता कलिला र फक्रिदा मनहरुको यो समाजले निर्मम हत्या नै गरेको छ भन्दा फरक नपर्ला । बिसा बाईसे उमेरमा श्रीमानको मृत्यु भए पछि एकल बनेकी बुटवलकी अनुपा बिक ( नाम परिवर्तन ) अहिले ५६ बर्षकी भईन । श्रीमान मृत्युको चार पाँच वर्ष पछि अर्को विवाह गर्ने उनले चाहना राख्दा पनि माईतीजनले आफ्नो ईज्जतका लागि र छोरा छोरीका लागि अर्को विवाह गर्नै नहुने दवाद दिए ।
अहिले यति लामो एकल यात्रामा रहेकी उनलाई उनका श्रीमानको मृत्युको १५ बर्ष पछि घरमा आएको एउटा पाहुना आफन्तले विस्तरा छमछमाउन पुग्यो । उनले नातै भए पनि नकार्न सकिनन् । त्यस रात देखि उनिहरु अलग-अलग र आफ्नो घर आ–आफुले सम्हाले पनि ‘सेक्स पार्टनर’का रुपमा रहँदै आएको उनले नजिकका महिला साथी मार्फत खुलस्त गरिन ।
उनले हाम्रा महिला सहकर्मी मार्फत भनिन–‘हो, मैले आफुलाई सम्हाल्न खोजेकै हो । झन्डै १५ वर्ष पछि कुनै एउटा पुरुषको हात मेरो शरिरमा परेको थियो । मैले नचाहेर पनि बेहोसी मै आफुलाई सुम्पिएछु । त्यस पछि हाल सम्मका लागि बाटो खुले को हो ।’ उनले थपिन–‘उनले आफ्नो परिवार हेरेका छन । कहिले काँही घुम फिर, बसाउठको समय मागे बाहेक न मैले उनि संग अरु केहि लोभ गरेकी छु न त उनले नै म माथी एक पैसाको लालच राख्छन । म उनकी श्रीमतिलाई केहि तनाव दिन चाहन्न ।
सम्वन्ध एकदम सुरक्षित राख्दै आएका छैं । नजिक बस्दैनौ हामी धेरै टाडा जान्छौं र एक दमै सुरक्षित ठाउँ खोज्छौं । यदि कुनै दिन उनकी श्रीमतिले थाहै पाई हाले पनि म उनका श्रीमानको केवल फुर्सदीलो मात्रै भए पनि थोरै मायाको भिक माग्न चाहन्छु । ’
जिवनका वियोगहरु, जिउने विकल्प र अनेक सम्झौताहरु गर्न त्यस्ता अरु एकल महिलाहरु विवस हुन परे होला वा नहोला तर केहिले मुखै खोल्ने गरेका छन । त्यस्तै कलिलो उमेरमा एकल बनेकी गुल्मीकी एक महिलाले राम्रो घर र ईमान्दार केटा खोजी दिन नजिकका मान्छेहरु संग आग्रह गर्दै आएकी छन ।
अर्घाखाँची मै अर्की एक महिलाले भन्ने यसो भन्दै थिईन–‘ब्याचलर पास गरेकी छु दादा । जवान र सवैको नजर पर्ने खालकी रुपासे पनि छु । विवाहको केहि समय बित्न नपाउँदै श्रीमान भनाउँदो झुण्डिएर ज्यान हाल्यो । माग्ने बेलामा हाम्रो परिवारलाई ढाँटेर फँसाईयो । उ डिप्रेशनको रोगी रहेछ । बिहे गरे ठिक हुन्छ भनेर मलाई वलीको बोकाका रुपमा चढाउन खोजिएको रहेछ । अन्ततः म छिट्टै विधुवा हुनु पर्यो ।
वाहुनकी छोरी हुँ । बाउ आमाले अर्को विवाह गरे आफुहरुको नाक काटिने जस्ता कुरा सुनाउँछन । तर म बाउ आमाको नाक राख्ने नाममा मेरो जिवन बर्बाद पार्न र म आफु भित्र रहेको प्रकृतिको यो अनुपम उपहार रुपी जवानी खेर फाल्दै तड्पीएर बस्न चाहन्न । ’ उनि थप्छिन–‘मानविय चाहना सवैको एउटै हो । पाँच/सात बर्ष बस्न सकिएला तर लामो समयसम्म मृत श्रीमानको फोटा हेरेर बस्न कोही सक्दैन । बरु माईती घर–दैलो टेक्नबाट किन बञ्चित हुन नपरोस म विवाह गर्न चाहन्छु ।’
त्यसको एक हप्ता पछि उनले फोन गरेर खुशी प्रकट गर्दै फोनमा भनिन–‘ दादा म मैले भनेको त्यही जोडी संग हिडे है ।’ कलिलै उमेरमा एकल भएका त्यस्ता फक्रिदो बैंस उमेरका एकल महिलाहरुले अर्को बिबाह गर्ने ईच्छा प्रकट गर्छन भने सहर्ष स्वागत गरौं । उनिहरुका आँशु पुछौं । त्यसको उदाहरण दिएकी थिईन चार बर्ष अघि गुल्मीको सदरमुकाम तम्घास बाघमारेकी लक्ष्मी परियारले ।
बिबाहको दुई बर्ष पछि बाघमारे कै भिरमा रहस्यम रुपमा मृत फेला परेका थिए उनका छोरा रामबहादुर परियार । साँझको समयमा वर उदिनढुङ्गा देखि केहि मानिसहरुले पिट्दै लघार्दै गरेको भन्ने देख्ने सुन्ने हुँदा हुँदै पनि उनको सवुद प्रमाण नष्ट गरियो, मुद्धा झ्यासमिस पारियो भन्छन परिवारजनहरु ।
मृत्यु पछि एकल बनेकी २४ बर्षिया बुहारी उषा नेपालीलाई बाउँ आमाले जस्तै उनै सासुले केटा मागेर आफ्नै आँगनमा विवाहको दोश्रो जग्गे लगाएर बुहारीको विवाह गराई दिएकी थिईन गुल्मी धुर्कोटका एक पुरुष संग । ति पुरुषकी श्रीमति पनि मृत्यु भई उनि पनि एकल थिए ।
त्यो खबरले राष्ट्रिय सञ्चार माध्यममा समेत निकै महत्व पाएको थियो । सर्वत्र स्वागत र चर्चा भएको थियो । त्यस्ता उमेरका छोरी बुहारीलाई हरकोही बाबु आमा, सासु ससुरा र अन्य अभिभावकले पनि त्यस्तै उदाहरणिय कार्य गर्ने कि ?