Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘भूत’लाई हानेको खुकुरी श्रीमतीको टाउकोमा परेपछि…

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १९, ओखलढुंगा ।</b> खिजीदेम्वा गाउँपालिका वडा नं. ८ भूसिंगामा एक व्यक्तिले भूत भनेर प्रहार गरेको खुकुरी श्रीमतीको टाउकोमा परेको छ ।<br></p><p>३८ वर्षीय हितबहादुर विकले सोमबार मध्य रातमा भूतले तर्साएपछि उठेर खुकुरी हान्दा आफ्नै श्रीमतीलाई लागेको छ ।</p><p>तर्सिएर उठेपछि भूतको छाँया जस्तो लागेर सिरानीको खुकुरी प्रहार गर्दा श्रीमती गीतामाया विश्वकर्मालाई लागेको हो । खुकुरी प्रहारबाट गिताको टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेर गम्भीर घाइते भएकी छन् । घाइते गीतामायाको हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।</p>