२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा शैक्षिक तथा धार्मिक महोत्सव हुने

२०७५, १९ भाद्र मंगलवार १३:४८

प्रेम सुनार |  भदौ १९, बुटवल | शैक्षिक सुधारका लागि गुल्मीको एक विद्यालयले यहि भदौ ३० गतेबाट सप्ताह ब्यापी शैक्षिक तथा धार्मिक महोत्सव गर्ने भएको छ ।  सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यामिक विद्यालयले गुल्मी रेसुङ्गा शैक्षिक तथा धार्मिक महोत्सव–२०७५ आयोजना गरेको हो ।

महोत्सव मुल आयोजक समितिकले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको थियो । कृषि ब्यबसायीक शिक्षा तथा सुविधा सम्पन्न स्मार्ट विद्यालय सञ्चालन र फरक क्षमता –(बैरा ) भएका विद्यार्थीहरुको कक्षा स्तरोन्नतीका लागि महोत्सवको आयोजना गरिएको मुल समारोह समितिका सदस्य सचिव प्रधानध्यापक राममणी पन्थीले जानकारी दिए ।

उनले भने–‘ सदरमुकाममा रहे पनि आर्थिक रुपले निकै पछाडी परेको विद्यालय हो यो । त्यसका बाबजुद पनि हामीले लामो समय देखि फरक क्षमता भएका विद्यार्थीहरुलाई कक्षा ५ सम्म पढाउँछौं र त्यो भन्दा माथील्लो कक्षा पढाउन पोखरा काठमाण्डौ सम्म पठाउनु पर्ने अवस्था छ ।


कमसेकम उनिहरुलाई कक्षा ८ सम्म यही अध्यान गराउन सकियोस् , ब्यबहारिक शिक्षाका लागि कृषि प्राविधिक उत्पादन गर्न सकियोस् र विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने यी तीन वटा मुख्य उद्देश्य लिएर महोत्सवका आयोजना गरिएको हो, हामीलाई बिश्वास छ जिल्लाभर र देश विदेशमा रहनु भएका सवै महानुवालले हाम्रो यस पवित्र कार्यलाई साथ दिनु हुने छ भन्ने कुरामा । ’

महोत्सव मुल समारोह समितिका संयोजक तथा रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष नारायण सुनारले सवैले मेरो होईन , हाम्रो अभिभारा सम्झेर महोत्सवलाई सफल पार्न आग्रह गरे । उनले भने–‘ कसैले पनि उसको र मेरो नभनौं , हाम्रो महोत्सव हो र यसलाई सफल पार्ने दायित्व हामी सवैको हो भन्ने भावनाका साथ जिम्मेवारी सम्हालेर काम गर्यौं भने हामी सफल हुनेछौं ।

हामीलाई बिश्वास छ यस जिल्ला र छिमेकी जिल्लाका दानविरहरुले समेत हामीलाई साथ दिनु हुने छ । म यसै मञ्चबाट जिल्लाका सवै जनप्रतिनिधी, सरकारी कर्मचारी, संघ संस्था, पत्रकार र सर्वसाधरण सम्मलाई भदौ ३० गते देखि हुन गई रहेको महोत्सवमा आउनु हुन चुले निम्तो  दिन्छु ।

महोत्सव प्रचार प्रसार समितिका संयोजक तथा वडा नम्वर ७ का वडाध्यक्ष मोहन पाण्डेले प्रत्येकले सामाजिक सञ्चाल देखि हरेक माध्यबाट ब्यापक प्रचार प्रचार गरौं, यसमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुको ठुलो भुमिका हुन्छ , यसर्थ स्थानिय देखि राष्ट्रिय सञ्चार माध्यम सम्मलाई सहयोग गरी दिन हामी अपिल गर्दछौं ।

विद्यालय प्राङ्गणमा पुरुषोतम शरण शास्त्रीको प्रमुख वाचत्वमा महोत्सव हुने भएको छ । १०८ सालिग्राम, भगवान दर्शन परिक्रममा गरिने छ । सामुहिक व्रतबन्ध, ग्रहशान्ति , चौराजी पुजा , तुलादान, गौदान, भुमिदान, लाख बत्ति प्रजलन असोज छ गते गरिने कार्यक्रम छ ।

पहिलो दिन भदौ–३० गते  भव्य पदयात्रा सहित महोत्सव उद्घाटन हुने छ । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको संयोजकत्वमा जनप्रतिनीहीहरुको सल्लाहकार समिति बनाईएको छ । भने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको संयोजकत्वमा सवै कार्यालय प्रमुखहरु समेट्ने गरी संरक्षक समिति बनाईएको छ । विभिन्न शहर र विदेशमा रहेका गुल्मेलीहरु समेट्न सम्पर्क ब्यक्तिहरु राखिएको प्रधानध्यापक पन्थीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस