2026-07-24 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्मला र गोपिलालको विषयमा छानबिन हुने भएपछी सल्यान बन्द खुल्यो

डिल्लीराज रावत/चैत्र २, सल्यान । सल्यान त्रिवेणीमा फाल्गुण २२ मा निधन भएकी निर्मला वि.क. र उनको हत्यामा संलग्न भएको आरोपमा हिरासतमा निधन भएका गोपिलाल बुढाथोकीको स्वतन्त्र रुपमा छानविन गरिने भएको छ ।

दुबै घटनाको छानविनका लागि जिल्ला प्रहरीको कार्यालयको तालिम प्राप्त टोली र विभिन्न स्वतन्त्र संस्थाहरुको छानविन समितिले गठन गरिएको छ । घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेको संयोजकत्वमा नेपाल बार यसोशियसन, पत्रकार महासंघ, मानव अधिकारकर्मि र स्थानिय शारदा बोहरा सदस्य रहेको छानविन समिति गठन गरिएको छ ।

त्यस्तै मृतक निर्मला वि.कका बच्चाहरुलाई उच्च शिक्षा सम्म अध्ययनका लागि विभिन्न शैक्षिक संस्थाहरुमा जिल्ला वाल कल्याण समितिले सिफारिस गरि पठाउने निर्णयका साथै मृतक गोपिलाल बुढाथोकीका छोरा विक्रम बुढाथोकीलाई उनको सिप अनुसार जिल्ला पशुसेवा कार्यालय वा अन्य सरकारी कार्यालयमा सवारी चालकको रुपमा राख्ने निर्णय पनि भएको छ । यी मागहरु पुरा भएपछि जिल्ला अस्पतालमा रहेको गोपिलालको लासलाई उनका आफन्तले बुझेका छन ।

सोहि घटनालाई लिएर विहानै देखि बन्द भएको सल्यान दिउसो ४ बजेबाट खुलेको छ । लुहाममा सर्वपक्षिय भेला गराई संघर्ष समिति गठन गरी संगठित आन्दोलनमा लागेका पिडितहरुले मंगलबार गरेको बन्दमा सल्यानबासीले स्वतस्फुर्त रुपमा सहयोग गरेको सल्यान रुकुम यातायात व्यवसायी समितीका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छन । आफुलाई कसैले बन्द गर्न दवाव नगरेको पिडितले न्याय पाउनुपर्छ भनि आफुले सहयोग गरेको उनले बताएका छन ।

फाल्गुण २२ मा आत्महत्या गरिएकि भनिएकी त्रिवेणी ६ कि निर्मला वि.क.को हत्या नै भएको भन्दै उनिहरुले सोहि घटनामा जोडिएका ५२ बर्षिय गोपिलाल बुढाथोकीको हिरासतमा झुण्डिएर आत्महत्या भयो भन्दै झुण्डिएको कुनैपनि प्रमाण नदिनु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन भएको भन्दै स्थानियले विभिन्न ५ वटा मागहरु राखि आन्दोलनमा उत्रेका थिए ।

अगएको फाल्गुण २२ गते आत्महत्या गरिएकि भनिएकी त्रिवेणी ७ पोखरीकी २५ बर्षिया निर्मला वि.क. को हत्यामा संलग्न रहेको भन्दै प्रहरीले मृतक गोपिलाल र उनकी श्रीमती त्रिवेणी ६ कि मन्धरी बुढाथोकी, त्रिवेणी ४ कि २८ बर्षिया मोति खड्का र ४ कै २२ बर्षीया दुर्गा बोहरालाई पक्रेको थियो । उनिहरु तिनै जना अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक