२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जब उपचारको लागि अस्पताल पुर्याइएको छोरी घर फर्किँदा छोरो बन्यो !

२०७५, २१ भाद्र बिहीबार ११:४७

भदौ २१, धनगढी । कैलालीस्थित सेती अञ्चल अस्पतालमा दुईजना सुत्केरी महिलाका नवजात शिशु साट्नेसम्मको लापरवाही भएको छ ।

अस्पतालमा सोमबार डडेल्धुराकी भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण एकापसमा साटिएका हुन ।

बोहरा आफन्तसँगै आफ्नो १७ दिनको विरामी नवजात शिशु (छोरा) लिएर भदौ १७ गते सेती अञ्चल अस्पताल भर्ना भइन् । निमोनियाले ग्रसित उनका छोरालाई चिकित्सकहरुले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराए ।

भदौ १७ गते नै सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माइन् । उनको नवजात छोरीको स्वास्थ्यमा पनि समस्या देखिएकाले चिकित्सकले उनको छोरीलाई पनि एनआईसीयुमा पठाए ।

भदौ १८ गते काली खातीको बच्चालाई कम भयो र उनलाई चिकित्सकले डिस्चार्ज गरे । एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको सट्टा, भीत्रबाट भावना बोहराको १७ दिनको छोरो ल्याएर थमाई दिए ।

खातीले बच्चा लिएर धनगढीदेखि झण्डै २५ किलोमिटर टाढा रहेको गोदावरी नगरपालिकास्थित जनुनाभाडीतिर लागिन् ।

‘म घरमा पुगेपछि बच्चाले दिशा गर्यो, पखाल्न उसको लुगा फुकालेको त, छोरो देखेँ’ कालीले भनिन्, ‘त्यसपछि अचम्ममा परे, घरकालाई बताएँ, हाम्रो त छोरी भएको तर घरमा छोरा आयो’ कालीले अगाडि थपिन् ।

एकै छिनपछि उनलाई अस्पतालबाट फोन गरेर बोलाइयो, अनि साटिएको बच्चा आ–आफ्नो अभिभावकको जिम्मा लगाइयो । निको भइसकेको छोरो बोकेर डडल्धुराको आलितालकी भावना बोहरा घर गइसकेकी छिन् भने काली खाती विहीबार पनि सेती अञ्चल अस्पतालमै भर्ना छिन् ।

सामान्य तथा एआईसीयु भित्र स्वास्थ्यकर्मी बाहेक अरु कसैलाई प्रदेश गर्न दिइँदैन । ‘अब हामीलाई भित्र जान दिँदैनन्, सेता लुगा लगाएकी एक नानीले बच्चा ठीक भइहाल्यो, घर जानु भनेर थमाइन्, हामी पनि बच्चा बोकेर घर गयौं’, काली खातीका श्रीमान् मेखराज खातीले भने ।

सेती अञ्चल अस्पतालले यस्तो गल्ती गर्ने स्वास्थ्यकर्मीको नाम बताउन मानेको छैन । सामान्य परिवारका मेखराजले आफुले कसैलाई नचिनेको बताउँदै सेता लुगा लगाएकी महिलाले बच्चा दिएको बताए ।

एनआईसीयुमा भेटिएका स्वास्थ्यकर्मीले भने आफूहरुले भावना बोहरा भनेर बोलाउँदा काली खातीकी आमा दिलु बोहरा आएर बच्चा लगेकाले यस्तो भएको बताएका छन् । काली खातीको माइती थर बोहरा हो । उनकी आमाले पनि बोहरा सुनेपछि बच्चा सामातेर घर गएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस