२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाबाट २७ मेट्रिक टन फोहर व्यवस्थापन

२०७५, २३ भाद्र शनिबार ०८:२६

भदौ २३, काठमान्डौ  | उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २७८ औँ हप्तामा बानेश्वर क्याम्पस अघिको नदीमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २० संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

लामो समयदेखि नदी किनारको फोहर उठन नसक्दा दुर्गन्ध फैलिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

‘आजको सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन भएको छ, फोहर नउठाउँदा नदी किनारमै थुप्रो लागेको छ, यसले नदी फोहर हुने सम्भावना बढेको छ’, उनले भने ।

वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २३९ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरेको छ । नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजनमा भएको सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँललगायत जनप्रतिनिधिको सहभागिता थियो ।

आइतबार परेको बाबुको मुख हेर्ने औँशीको अघिल्लो दिन मन्दिर परिसर सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । कुहिने फोहर त्यही गाडियो । नकुहिने फोहर सोमबार बिहान व्यवस्थापन गरिने छ । मन्दिर परिसरमा आइतबार र सोमबार पनि निरन्तर सफाइ गरिने जनाइएको छ ।

सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनीमैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाको पनि सक्रियता थियो ।

रुद्रमती सफाइको २३३औँ हप्तामा रातोपुल–मैतीदेवी–सेतोपुल–रुद्रनगरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिए ।

विष्णुमती सफाइको २०५ औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैँजुमा सफाइ गरियो । सफाइमा तीनवटा सुरक्षा निकायसहित २५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक विजेन्द्र लामाले जानकारी दिए ।

यसैगरी मनोहरा सफाइको ७६ औँ हप्तामा बालकुमारीस्थित नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथ सफाइको ७४ औँ हप्तामा तिलगङ्गा–गैरीगाउँ पेट्रोलपम्पसम्म सफाइ गरियो ।

३५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले बताए । चक्रपथको दायाँबायाँ पनि फोहरको डङ्गुर थुप्रिएको उनले बताए ।

आलोकनगर सफाइको ७४ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै घरदैलोमा गई जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको संयोजक प्रमिला पौडेलले बताए । त्यस क्षेत्रमा लगाइएको रुद्राक्षको बिरुवा गोडमेलसमेत गरियो । वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको ८८ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह