2026-06-30 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरी जनताको अग्रभागमा सुरक्षाको काम गर्छ : प्रहरी प्रमुख नेपाल

डिल्लीराज रावत, चैत्र १७, सल्यान । प्रहरी नायव महानिरिक्षक माधव कुमार नेपालले प्रहरीले जनताको अग्रभागमा रहेर सुरक्षाको काम गर्ने बताएका छन । सरकारले दिएका सुविधाबाट नयाँ प्रविधिको वेशमा काम गर्ने बताउदै मध्यपश्चिम प्रहरी प्रमुख माधवले जनताको विश्वास नै प्रहरी भएको बताएका छन ।

nepal

उनले यतिबेला सल्यानमा घटेका घटनाहरुमा पनि विभिन्न प्रविधिको प्रयोग गरि प्रहरीले सफलता हात पारेको बताएका छन । यो जमाना प्रविधिको भएकाले प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका नेपालले अपराधीलाई सजाय दिलाउन र कानुनको दायरामा ल्याउन त्यस्ता प्रविधिले काम गर्ने बताएका छन ।

विगत केहि दिनदेखि सल्यानमा घटेका जघन्य अपराधहरुको अवलोकनका लागि सल्यानका आएका उनले यदि प्रहरीले कुनै बदमासी गरेमा त्यसको फैसला अदालतल भएकाले कानुनी राज्यमा कानुन भन्दा माथि कोहि नभएको बताएका छन । यदि प्रहरीले अनुसन्धान त्रुटी गर्छ भने त्यसको पनि छानविन हुनुपर्ने बताउदै उनले कानुनले कसैलाई नछोड्ने बताएका छन ।

प्रहरीले कसैलाई फसाउन र कसैलाई उकास्न कुनैपनि गतिविधि नगर्ने भन्दै प्रहरीले पनि मानव अधिकारको रक्षा गर्ने बताएका छन । आफुले प्रहरी र जनताको सहकार्यलाई लागु गराउने गरि प्रहरीको परिचालन गरेको बताउदै उनले मध्येपश्चिममा देखिएको लागुऔषधलाई तल्लो स्तरसम्म ल्याउने गरि योजना ल्याएको र आफु त्यसमा सफल हुने बताएका हुन ।

जिल्ला प्रहरी कार्यालय सल्यानमा जिल्लाका राजनीतिक दल, पत्रकार, तथा विभिन्न व्यक्तिहरुसंग भएको अन्तरक्रियामा उनले कुनैपनि आवरणमा हुने चोरिनिकासी का साथ अपराध र अपराधीलाई सिध्याउने बताएका उनले त्यसमा सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा एक कालागाउकी एक बालिकाको बलात्कार पछि हत्या गरिएको अभियोगमा अनुसन्धान भैरहेका गोब्लु भनिने सल्यान जिमाली ३ तुरतुरेका २६ बर्षका एकराज चलाउने लाई पक्राउ गरिएको र जिल्ला अदालत सल्यानबाट ५ दिन म्याद थ भई अनुसन्धान कार्य जारी भैरहेको भन्दै जानकारी दिइएको थियो ।

उनलाई चैत्र आइतबार बालिका बलात्कार पछि हत्या गरेको भन्दै सोमबार नै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षकको टोलीले पक्राउ गरेको हो । अभियुक्त चलाउनेले मादक पदार्थको अत्यधिक प्रयोग गर्ने र खाना नखाने भएकोले उनको स्वास्थ्य अवस्थामा गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ