Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत १८ गते, बिहान १०:०६ बजे
समाज

सल्यानमा परिक्षा अवधिमा मेडिकल लिनपरे परिक्षार्थीलाई एम्बुलेन्स सेवा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

kantipur hospitalडिल्लीराज रावत/चैत्र १८, सल्यान । सल्यानको शिवजन उमाविमा रहेको परिक्षा केन्द्रले एसएलसी परिक्षामा सहभागि विद्यार्थीको लागि एम्बुलेन्स सहितको औषधी उपचारको व्यवस्था गरेको छ ।

सल्यानको शित्तलपाटीमा रहेको उक्त परिक्षा केन्द्रमा परिक्षाको अवधिमा हुने आकस्मिक दुर्घटनालाई समाधान गर्न कान्तिपुर अस्पतालले उपचार र एम्बुलेन्स निशुल्क प्रदान गरेको केन्द्राध्यक्ष वीर बहादुर सेजवालले जानकारी दिएका छन ।

शारदा उमावि शंखमुल, महेन्द्र मावि लेखपोखरा र जनसेवा मावि हिवल्चाका २ सय ११ जनालाई उपस्थित परिक्षार्थीलाई अविर लगाएर परिक्षाकेन्द्रमा स्वागत गर्दै प्रवेश गराइएको थियो । अविर लगाउनुको उद्देश्य विद्यार्थीको मानसिकतालाई बलियो बनाई निर्धक्क संग लेख्नसक्ने बनाउने रहेको केन्द्राध्यक्ष वीर बहादुर सेजवालले जनाएका छन ।

आज परिक्षाको पहिलो दिन एसएलसीका परिक्षार्थीले अंग्रेजी विषयको परिक्षा दिएका छन । सल्यानमा यसबर्ष एसएलसी परिक्षाका लागि २४ वटा परिक्षाकेन्द्र तोकिएको छ । सबै परिक्षा केन्द्रमा परिक्षा मर्यादित भएको जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जनाएका छन ।

जिल्लाको परिक्षा मर्यादित बनाउनलाई जिल्ला शिक्षा कार्यालय सल्यानले अनुगमनका र निरिक्षणका लागि विद्यार्थी संगठन, शिक्षक पेशागत संगठन, पत्रकार लगायत शिक्षासंग सरोकारवालालाई अनुगमनका लागि सिफारिस गरेको थियो भने जिल्लाभरका सबै केन्द्रमा विद्यार्थीलाई स्वागत गर्न निर्देशन गरे अनुसार सबै ठाउँमा स्वागत पनि गरिएको थियो ।

सल्यानका त्रिभुवन जन उच्च मावि लुहापिङ्ग, शिवजन क्याम्पस र निराजन मावि ढोरचौरमा पनि परिक्षा शान्त र मर्यादित रुपमा संचालन भएको छ ।