२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा वालवालिकालाई निशुल्क उपचार

२०७५, २४ भाद्र आईतवार १३:३०

प्रेम सुनार | भदौ २४, काठमाडौँ | राष्ट्रिय वाल दिवसको पूर्व सन्ध्यामा जिल्ला वाल संगठन र जिल्ला वाल कल्याण समिति गुल्मीले संयुक्त रुपमा १२ बर्ष उमेर सम्मका वालवालिकाहरुलाई तीन दिनसम्म निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरी रहेको छ । तम्घासको वालमन्दिर प्राङ्गाणमा आजदेखि सञ्चालन भएको शिविरको प्रदेश सांसद कमलराज श्रेष्ठले उद्घाटन गरेका थिए ।

वाल संगठनका सचिव हरिकुमार श्रेष्ठले बर्षेनी शिविर राखेर बिशेष गरी उपचारका लागि आर्थि पहुँच नभएका वालवालिकालाई लक्षित गरी यस्तो कार्यक्रम राखिदै आएको बताए । वाल संगठनका अध्यक्ष नन्दराम भुसालले सडक वालवालिकाको  समस्या समधान समेत हुन नसकेको र जनप्रतिनिधीहरुको ध्यान त्यस तर्फ जान नसकेको सांसद र रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल संग दुखेसो पोखे ।

उनले भने–‘सडकमा पैसा माग्दै हिड्छन , दया लाग्छ र दिन्छौं । तर एनजिओ आईएन्जीयोहरु काठमाण्डौका तारे होटलमा डिनर गरेर पैसा सक्छन तर यस्ता वालवालिकाहरुको उद्धारमा उनिहरुको ध्यान जान्न्न । न त अहिलेका जनप्रतिनिधीहरुको ध्यान नै जान सकेको छ ।  अझ थप वालमैत्री कार्यक्रमहरु गरौं जस्तो लाग्छ तर हामी संग पैसा छैन ।’

आज पहिलो दिन नै करिव सय जना वालवालिकाहरुले जिल्ला अस्पताल र रेसुङ्गा अस्पतालका स्वास्थ्यकर्मीहरुबाट औषधी उपचार पाएका छन । केहि दिन अघि जिल्ला वालकल्याणसमितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पौड्यालले पनि  केहि सडक वालवालिकाहरुलाई कपडा लत्ता उपलब्ध गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस