Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सल्यानमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, दुइ घाइते

By kit 2 मिनेट पढाइ

भदौ २५, सल्यान । आज बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटा निवासी ५५ वर्षीया हुकुमी विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यसैगरी घाइते हुनेमा मृतकका श्रीमान ६५ वर्षीय बलबहादुर विक र चालक सोही ठाउँका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

घाइते दुवैको श्रीनगरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको शाहीले बताए ।

बलबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पिकअप सडकबाट झण्डै २०० मिटर तल खसेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।