२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: छानविन समितिबाट राजिनामा दिएका केसीले खोले यस्तो रहस्य !

२५ भाद्र २०७५, सोमबार ०९:१२

भदौ २५, महेन्द्रनगर  | कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् 

राजीनामा दिएपछि उनले बलात्कारपछि हत्या गरिएकी निर्मलाले न्याय पाउन नसक्ने बताएका छन् । १५ दिने म्याद सकिएर थप १५ दिन म्याद थपेकै दिन राजीनामा दिएका उनले निर्मला प्रकरण निक्कै जटिल मोडमा रहेको जानकारी दिए । 

समितिको म्याद १५ दिन थपिएपछि आफु असन्तुष्ट रहेको भन्दै उनले म्याद थप गर्दा झनै धेरै जटिलता आउने बताएका छन् | उनले आफूले सुरुदेखि नै निर्मलाले वास्तविक न्याय पाउनुपर्ने र दोषी कानुनी कठघरामा उभिनुपर्ने अडान लिँदै आएको पनि उल्लेख गरे । 

‘यही छानबिन समितिबाट निर्मलाले न्याय पाउँछिन् भन्ने मलाई विश्वास छैन’, उनले भने, ‘निर्मलाले न्याय पाउने अवस्था नदेखेकैले म्याद थप गरिए पछि मैले समितिबाट बाहिरिने निर्णय लिएको हुँ ।’

उनले भने:- यो समितिबाट निर्मलालाई न्याय मिल्ने कुरा मैले असम्भव देखेको छु, समितिप्रति मेरो कुनै आरोप र गुनासो होइन, तर निर्मलाले न्याय पाउने सम्भावना नेदेखेकाले नैतिकरुपमा त्यहाँ बसिरहन सकिनँ ।’

७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीसहितको छानबिन समितिमा गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली संयोजक छन् । १५ दिने म्याद सकिएपछि सरकारले यस समितिको म्याद थप १५ दिन थपेको छ । १३ वर्षीया निर्मलाको यही साउन १० गते साथीको घरमा गएको अवस्थामा बलात्कारपछि हत्या भएको थियो । 

हत्यामा जनप्रतिनिधि र सुरक्षानिकायकै उच्च पदस्थ अधिकारीका आफन्त संलग्न रहेको आरोप लाग्दै आएको छ । घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिकै सदस्यले राजीनामा गरेपछि निर्मलाको बलात्कार र हत्याको सत्यतथ्य बाहिर आउनेमा झनै शंका बढेर गएको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो