२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: छानविन समितिबाट राजिनामा दिएका केसीले खोले यस्तो रहस्य !

२०७५, २५ भाद्र सोमबार ०९:१२

भदौ २५, महेन्द्रनगर  | कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् 

राजीनामा दिएपछि उनले बलात्कारपछि हत्या गरिएकी निर्मलाले न्याय पाउन नसक्ने बताएका छन् । १५ दिने म्याद सकिएर थप १५ दिन म्याद थपेकै दिन राजीनामा दिएका उनले निर्मला प्रकरण निक्कै जटिल मोडमा रहेको जानकारी दिए । 

समितिको म्याद १५ दिन थपिएपछि आफु असन्तुष्ट रहेको भन्दै उनले म्याद थप गर्दा झनै धेरै जटिलता आउने बताएका छन् | उनले आफूले सुरुदेखि नै निर्मलाले वास्तविक न्याय पाउनुपर्ने र दोषी कानुनी कठघरामा उभिनुपर्ने अडान लिँदै आएको पनि उल्लेख गरे । 

‘यही छानबिन समितिबाट निर्मलाले न्याय पाउँछिन् भन्ने मलाई विश्वास छैन’, उनले भने, ‘निर्मलाले न्याय पाउने अवस्था नदेखेकैले म्याद थप गरिए पछि मैले समितिबाट बाहिरिने निर्णय लिएको हुँ ।’

उनले भने:- यो समितिबाट निर्मलालाई न्याय मिल्ने कुरा मैले असम्भव देखेको छु, समितिप्रति मेरो कुनै आरोप र गुनासो होइन, तर निर्मलाले न्याय पाउने सम्भावना नेदेखेकाले नैतिकरुपमा त्यहाँ बसिरहन सकिनँ ।’

७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीसहितको छानबिन समितिमा गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली संयोजक छन् । १५ दिने म्याद सकिएपछि सरकारले यस समितिको म्याद थप १५ दिन थपेको छ । १३ वर्षीया निर्मलाको यही साउन १० गते साथीको घरमा गएको अवस्थामा बलात्कारपछि हत्या भएको थियो । 

हत्यामा जनप्रतिनिधि र सुरक्षानिकायकै उच्च पदस्थ अधिकारीका आफन्त संलग्न रहेको आरोप लाग्दै आएको छ । घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिकै सदस्यले राजीनामा गरेपछि निर्मलाको बलात्कार र हत्याको सत्यतथ्य बाहिर आउनेमा झनै शंका बढेर गएको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस